• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

माओवादीले जित्नुपर्छ भन्ने जनताको चाहाना छ : उम्मेदवार बुढा

  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको बझाङ प्रदेश सभा १ मा यही बैशाख १५ मा उप निर्वाचन हुँदैछ । यहाँ राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएको छ । जनताको मन जित्न उम्मेदवारहरु घरदैलो अभियानमा छन् । प्रमुख राजनितिक दलका सहित ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट भने जनकबहादुर बुढा उम्मेदवार रहेका छन् । यस क्षेत्रको चुनावी अभियान, अवस्था, एजेन्डाका बिषयमा प्रदेश सभा सदस्यका उम्मेदवार उनै जनकबहादुर बुढासँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरेका छौँ ।

तपाई उम्मेदवार हुनुन्छ,चुनावी गतिविधि कसरी अगाडि बढाउनुभएको छ ?

हाम्रो पाटीको गत चैत २७ गतेको बैठकपछि २८ गतेदेखि निर्वाचन क्षेत्रका सातवटै पालिकामा हाम्रो टोली परिचालित छ । निर्वाचन केन्दीत भएर जनस्तरसम्मै साथीहरु पुगि राख्नुभएको छ । आजका दिनसम्म तलकोट,मष्टा,सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा भेटघाट अभियान गरेका छौँ । भोलि टोली खप्तडछान्ना गाउँपालिका प्रवेश गर्छ । यी चारवटा पालिकाको अभियानबाट हामी र हाम्रो टिम विशेषत त्यहाँका साथीहरु उत्साहित हुनुभएको छ । अपेक्षा गरेको भन्दा पनि राम्रो जन समर्थन देखिन्छ । यो जिल्लामा मैले विभिन्न क्षेत्रमा जनतासँग सहकार्य गरेको साथ दिएको कारणले गर्दा यसपटक मैले र माओवादीले जित्नुपर्छ भन्ने जनताको मनोविज्ञान छ ।
कांग्रेस र एमालेलाई त हेरि सक्यौँ । अहिलेसम्म पटक पटक भोट हाल्यौँ । उनीहरुले काम गर्न सकेनन् । अव माओवादीले नेतृत्व गर्नु पर्छ भन्ने जनस्तरमा देखिन्छ ।

जनताका आशा,अपेक्षा,गुनासा र प्रतिक्रिया कस्तो पाउनुभयो ?

जनताका आशा,अपेक्षा हुन स्वाविक हो । चासो चिन्ता सबै ठाउँमा देखिए । खासगरी धेरै ठाउँहरुमा स्थानीय सरकारको सीमा समस्याका कुराहरु पनि जनताले टिकाटिप्पणी गरेको पायौँ । खासगरी माओवादी पार्टी हिजोको दिनमा जसरी जनयुद्ध लड्दै गर्दा जनताको घरदैलोमा जाने,जनताको सुख दुखमा साथ दिने प्रकारको कडिलाई हामीले निरन्तरता दिन नसक्दा केही भ्रमहरु रहेको हामीले पायौँ । समग्रतामा अधिकांश जनताको यस क्षेत्रमा एकपटक माओवादीलाई हेर्नुपर्छ भन्ने नै छ ।

तपाईका चुनावी एजेन्डा के के छन् ?

मैले धेरै कुरा राखेको छैन् । खासगरी यहाँको सडक पूर्वाधार,चैनपुर ताक्लाकोट सडक,खुटिया—दिपायल—चैनपुर सडक,सबै पालिकामा कालोपत्र सडक पुर्याउने कुरा मेरो प्राथमिकतामा छ । यो जिल्ला भूकम्प र बाढीबाट बढी पीडित र ग्रसित छ । यहाँ अहिले पनि थुप्रै घर,विद्यालय,स्वास्थ्य चौकी भत्किएका छन् । निर्माण हुन सकेका छैनन् । नदी कटानले ठूलो क्षति पर्याएको छ । यसको तटबन्धन गर्ने मेरो प्राथमितामा छ ।

पछिल्लो चरणमा रोजगारीका लागि पलायन हुने अवस्थामा जिल्लामै कसरी राजगारी सिर्जना गर्न सकिन्छ त्यसमा मेरो ध्यान जाने छ । त्यसका लागि सुर्मा,शैपाल,खप्तडलगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरेर विश्वको ध्यान आकर्षित गर्न एउटा योजना बनाउने,यहाँको जडिबुटी निकास गरी व्यवसायिकरण गर्ने,लगानी भित्र्याउने सके केही मान्छे रोजगार बन्छन् । सेतीमा केही हाइड्रोपावर बनिरहेको छ । केही बन्ने प्रकृयामा छ । यसमा ठूलो संख्यामा रोजगारको निमित्त यसलाई केन्द्रीय सरकारलाई अलि चाडो घच्घच्याएर काम गर्न सक्छौँ । यहाँको कृषि क्षेत्रको विकास गर्ने,टेलिफोनको समस्या समाधान,शिक्षा स्वास्थ्यमा गुगात्मक सुधारलगायतका बिषय म र मेरो पार्टीको प्रमुख एजेन्डा रहेका छन् ।

जिल्लाको ग्याम चेन्जर प्रोजेक्टको रुपमा रहेको दिपायल—चैनपुर—ताक्लाकोटसम्मको सडक निर्माण चाडो गर्न सके चाइनासम्मको नाकालाई यस नाकाबाट खोल्न सक्यौँ भने यो मानसरोवरसम्म पुग्ने छोटो मार्ग पनि हो । भारतीय हिन्दु धर्मावलम्बीलाई यो मार्गबाट भित्र्याउन सके यहाँका जनता प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने छन् । यसमा मेरो पहल रहने छ ।

तपाईको जित्ने आधार के छ ?

यो निर्वाचन क्षेत्रमा अहिलेसम्म कांग्रेस र एमालेले जितेको छ । उनीहरुले काम गर्न सकेका छैनन् । जनता वाक्कदिक्क छन् । जनता नयाँ पात्र र नयाँ पार्टीको खोजीमा छन् । म विगत लामो समयदेखि यहाँका जनताको सुखदुखमा जोडिदै आएको छु । हरेक इस्युमा साथ दिदै आएको छु । मैले जनताको सेवाबाहेक केही काम गरेको छैन् । संविधान निर्माण देखि अहिलेसम्म मैले यो व्यवस्था परिवर्तनको निमित्त जे जति योगदान गर्न सके यसमा बझाङका जनता स्पष्ट छन् । त्यसकारण यहाँका जनताले यसपटक हाम्रो पार्टी र हाम्रो पार्टीको उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्छन् भन्ने मेरो पूर्ण विश्वास छ ।

अन्त्यमा तपाईको भनाइ के छ ?

हाम्रो पार्टी यतिबेला चुनावी मैदानमा छ । हामीले व्यवस्था परिवर्तनका लागि लामो लडाइ लड्यौँ । जनताको अवस्था सुधार र यो व्यवस्थाको रक्षाका निमित्त यो व्यवस्था ल्याउने पार्टी चुनावी मैदानमा छ । हामीलाई विजयी गराउन सक्नुभयो भने यो व्यवस्थाको रक्षा,यहाँको विकास निर्माण र जनजीविकाको सवालमा खरोरुपमा उत्रने छु भन्न चाहान्छु ।

  • उम्मेदवार बुढा
बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कांग्रेस संसदीय दलद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख बढी सहयोग

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.