धनगढी- कैलालीमा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा एक जना साइकलयात्री घाइते भएका छन् । गोदावरी नगरपालिका–५ गेटास्थित माछापालन नजिकै यूपी ३२ एनपी १०४३ भारतीय नम्बरको कारले ठक्कर दिँदा साइकलयात्री घाइते भएका हुन् ।
घाइते हुनेमा कैलारी गाउँपालिका–७ का तुलसीराम चौधरी रहेका इलाका प्रहरी कार्यालय मालाखेती जनाएको छ । घाइते चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको र कार चालकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए ।













