कैलाली- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन यथाबत रहेको बताएकी छन् । नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य टीका थापाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्ने फेसबुकको स्टाटस यथार्थ नभएको उनले बताईन । उनले पत्रकारहरु सँग कुरा गर्दै फेसबुकमा लेखेको कुराले सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताइन् ।
थापा जिलाई मन्त्रीपदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय बनाउने भनेपछि अलि फरक कन्डिसनमा उहाँ जानु भएको भन्ने सुनियो उनले भनिन केही नमिलेका कुरामा असन्तुष्टि हुन्छ त्यो सबै मिल्छ ।
उन्मुक्तिमा त्यस्तो समस्या छैन हामी एकजुट छौ । सरकारलाई दिएको समर्थन यथाबत नै छ । पाँच जना प्रदेश सभा सदस्यको विषयमा भन्नु पर्दा पार्टीमा आबद्ध छैन भने पार्टी परित्याग गरेर जाँदा हुन्छ हामीले पार्टीमै बसिराख्नुहोस् भनेका छैनौ उनले भनिन यदी नागरिक उन्मुक्तीमेै हुनुहुन्छ भने एक भएर हामी अघि बढौँ ।
















