धनगढी- धनगढीमा अवैध गहुँ र गोरु गाडासहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको दुई लाख ८१ हजार ५१० मूल्यको ३७ कुन्टल १७ के.जी. गहुँ र गोरु गाडा (डल्लव) सहित तीन जना पक्राउ परेका हुन्।
जिल्ला लखिमपुर खिरी गौरीफण्टा ग्राम कजरिया भारत बस्ने ३५ वर्षीय रामशरण रानासहित तीन जना भारतीय नागरिकलाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उक्त गहुँ र गोरु गाडासहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ।
















