बैतडी- बैतडीमा स्थानीयले थापेको पासोमा चितुवा परेको छ । बैतडीको सिगास गाउँपालिका–९ च्वाँ भेरी खोलामा स्थानीयले थापेको पासोमा परेको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।
डिभिजन बन कार्यालय प्रमुख दिलीपकुमार यादवले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली आएपछि मात्रै पासोमा परेको चितुवाको उद्धार गरिने बताए । डिभिजन बन कार्यालयको टोली र प्रहरीको टोली उक्त क्षेत्रमा खटाइसकेको उनले जानकारी दिए ।
सोमबार बिहान ९ बजेको समयमा चितुवा पासोमा परेपछि स्थानीयले प्रहरी तथा वन कार्यालयमा खबर गरेको उदयदेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनेश चन्दले बताए । पासो किन र केका लागि थापेको हो भन्ने खुलेको छैन् । सो सम्बन्धमा अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।













