धनगढी- भारतको पलियाबाट लागु औषधसहित दुई नेपाली पक्राउ परेका छन्। तीन सय ९० ग्राम लागु औषधसहित दुई जना पक्राउ परेका हुन्। पलिया प्रहरीका अनुसार अंकित माल्या र बिक्की नेपालीलाई पक्राउ गरिएको हो।
प्रहरीले सोमवार राति उनीहरूलाई ३९० ग्राम लागु औषध, नगद र आइफोनसहित पक्राउ गरेको छ। प्रहरीले बिक्की नेपालीबाट एक सय ३० ग्राम लागु औषध र अंकित मालियाबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको छ।
उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको छ। उनीहरूलाई पलिया प्रहरीले आवश्यक कारबाही सुरु गरेको छ।













