बझाङ – बझाङ प्रदेशसभा १ मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ। छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले १५७ मत र कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १३२ मत प्राप्त गरेका छन्।
यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ र माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन्। रासस
















