धनगढी- डडेल्धुरादेखि काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको छ। आइतबार बिहान घटाल डिलक्सको बा ५ ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पूर्व नवलपरासीले जनाएको छ।
प्रेसर पाइप फुटेर उकालोमा रोकेको बस एक्कासि ब्याक भएर पल्टिएको बताइएको छ। बसमा ४० जना यात्रु रहेकोमा सबै सकुशल रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार अधिकांश यात्रुलाई सामान्य उपचारपछि गन्तव्यमा पठाइसकिएको छ।
















