अछाम-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्ने दुई महिने रुपान्तरण अभियानको अछाम जिल्ला सदरमुकाम मंगलसेनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति अछामको आयोजनामा गरिएको अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले नेता तथा कार्यकर्ताहरुलाई विशेष प्रशिक्षण दिएका छन् ।

उनले माओवादी केन्द्रले बिगतमा गरेका कमी कमजोरी सच्याउँदै पार्टी रुपान्तरित भएर जनसमुदायमा जाने बताए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम सह(इन्चार्ज बिना मगर, केन्द्रीय सदस्य शरदसिंह भण्डारी, केन्द्रीय सदस्य एवंम अछाम जिल्ला इन्चार्ज झपट साउद, केन्द्रीय सदस्यहरु रामप्रसाद तिमिल्सिना, मोतिकला चलाउनेको उपस्थिति रहेको थियोे ।
यसै गरि माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरिराम चौधरी, उपाध्यक्ष अक्कल रावललगायतका नेताहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा अछाम जिल्लाका १० वटै स्थानीय तहका पार्टी अध्यक्षहरुले विशेष रिपोर्ट प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता एवं संचालन माओवादी केन्द्र अछामका सचिव उदय बिष्टले गरेका थिए।














