धनगढी- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ वर्षीय विकाश चौधरी र सोहि ठाउँका १९ वर्षीय अमन चौधरी एक दशमलव ४० ग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ परेका हुन्। साथै उनीहरुको साथबाट आठ हजार रुपैँया पनि फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाइएको छ।













