बझाङ । शनिबार सम्पन्न निर्बाचनको ताजा मतपरिणाम अनुसार बझाङ क्षेत्र १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन । प्रदेशसभा १मा भएको मतगणना जारी संगै शुरुवाती चरण देखि उनले फराकिलो मतान्तरले अग्रता कायम राखेका हुन । पछिल्लो मतपरिणाम अनुसार उनले ३४९७ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २८२० मत पाएका छन । सिहको भन्दा भण्डारीको मतान्तर ६७७ रहेको छ ।
तेस्रो स्थानमा नेकपा माओबादी केन्द्रका जनकबहादु बुढाले १८८१ मत ल्याएका छन । त्यस्तै चौथो स्थानमा नेकपा एकीकृत समाजबादीका दिलबहादुर सिहंले १०५० मत ल्याएका छन ।













