डडेल्धुरा – डडेल्धुरामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमती घाइते भएकी छिन । जिल्लाको आलिताल गाउँपालिका–२ मटेलाका ४२ बर्षिया श्रीमान् कर्णबहादुर देउवाले मंगलबार बन्चरो प्रहार गर्दा उनकी ३८ बर्षिया श्रीमती डम्मरी देवी देउवा गम्भीर घाइते भएकी हुन् ।
श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।घाइते डम्मरीलाई उपचारका लागि धनगढी रेफर गरिएको छ । उनका श्रीमानलाई नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताएका छन् ।













