धनगढी- कैलालीका बिभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याएका अबैध सामान प्रहरीले प्रकाउ गरेको छ ।
धनगढी उपमहानगरपालिका २ बालुवाघाट, ट्राफिक चौराह, भजनी नगरपालिका ५ हलौनाघाट, जोशीपुर गा.पा. ३ मनिकापुर र कैलारी गा.पा .४ भितरिया घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १,९५,००५।–एक लाख ९५ हजार पाँच रुपैया बराबरको अबैध सामान प्रहरीले बिहिबार साझ प्रकाउ गरेको हो ।
प्याज, चिनी, मिश्री, गुड, प्लाष्टिक झिल्ली, खुर्सानी, नरिवल,सरफ, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ ।
















