कैलाली । कंञ्चनपुर र बाजुरामा आगलागी हुँदा धनजनको क्षेती भएको छ । बिहिबार साँझ कञ्चनपुर, बेलडाँडी गा.पा. ४ बैवाह बस्ने जैशी बुढाको घर नजिक बच्चाहरु प्लास्टिक जलाई आगो खेली रहेकोअवस्थामा एक्कासी हावा हुरीले आगो उडाई दुई तले चार कोठे खरले छाएको घर जलेको छ भने सँगै टाँसिएको टिनले छाएको दुई तले कोठे दुईवटा घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन,खाद्यान्न, भाँडा वर्तन,लत्ता कपडा, नागरीकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामानहरु
गरि रु ७,२२,२५० बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मानबिय तथा चौपाया क्षती नभएको, प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमाप्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै बाजुरा जिल्लाको बुढीगंगा न.पा.४ कोटबाडा स्थित सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ वस्ने बस्ने बर्ष ४५ को मोहन नेपालीको ढुङ्गा माटोले बनेको टिनले छाएको चार कोठे कच्ची घरमा आगलागी हुँदा घर रघरभित्र रहेका नगद,खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मानबिय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, प्रहरी र स्थानियकोसहयोगमा आगलागी नियन्त्रणमा लिईएको जनाईएको छ ।
दुई जिल्लामा आगलागी हुदा धनजनको क्षती
दुई जिल्लामा आगलागी हुदा धनजनको क्षती
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















