धनगढी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना भएको छ । डोटीबाट धनगढी आउने बेलामा आज ९शुक्रवार० बिहान जोरायलको गैरामा दुर्घटना भएको गाउँपालिकाका प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए ।
गाडीमा गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष शंकरमान सुनार र चालक सवार थिए ।गाउँपालिकाको बलेरो जिप बा २ झ ३८७३ नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटना बाट गाडीमा क्षति भएको छ भने दुई जना सवार सुरक्षित छन् ।













