कञ्चनपुर- कञ्चनपुरको बेलौरीस्थित दोदा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार अपराह्न गर्मी छल्न दोदा नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर बस्ने १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नदीमा डुबेर घाइते भएका समीर सुवेदी र शिशिर बिष्टको उद्धार गरी बेलौरी स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनुभएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















