कैलाली- कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न तीन जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ बसपार्क स्थित यात्री प्लाजा होटलबाट प्रहरीले सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको हो ।
होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालकसहित पुरुष र महिला पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
शनिवार अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई होटलबाटै पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन् । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













