धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा भएको दुर्घटनामा घाइते भएका डडेल्धुराको आलिताल गाउँपालिका – १ का पुर्व वडाध्यक्ष पूर्णबहादुर ऐरको निधन भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका ऐरको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सोमबार सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२८७ नम्बरको बस, सुपप्र ०१–०११ प ९४६७ नम्बरको मोटरसाइकल सँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चलाईरहेका ऐर घाइते भएका थिए ।
उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक फरार रहेका छन । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताएका छन । बस र मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेका छन ।
















