कैलाली- सुदूरपश्चिमका प्रदेशको ३ जिल्लाबाट फरार प्रतिबादीलाइ प्रहरीले पकाउ गरेको छ । प्रकाउ पर्नेमा कैलाली गोदावरीका ५९ बर्षिया चन्द्रदेब पन्त,कंचनपुर ६ का जनक राज जोशी, बैतडी ५ बस्ने बर्ष ३५ का सुरेश बहादुर बिष्ट रहेको प्रहरीले जनाएको छ ।
कैलालीका पन्तलाई जिल्ला अदालत कैलालीले चेक अनादर गरेको मुद्धामा ५०० जरिवाना ठहर भई फरार रहेको अबस्थामा ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले निजकै घर ठेगानाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालत पेस गरेको जनाईएको छ ।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय र रु २,००० जरिवाना ठहर भई फरार रहेका जोशी लाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतको पिथौरागडबाट पक्राउ गरेको जनाएको छ । त्यस्तै जिल्ला अदालत बैतडीको फैसलाले लागू औषध चरेश मुद्दामा ४ महिना १९ दिन कैद सजाय र रु २,००० जरीवाना ठहर भई फरार रहेका बिष्टलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नपा ४ छेला बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।













