धनगढी- बाजुरामा एक घरमा आगलागी हुँदा चार लाख बढीका धनमाल जलेर नष्ट भएका छन् ।
सोमबार जिल्लाको हिमाली गाउँपालिका–६ धुलाचौरका पूर्व पाण्डेयको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख ४० हजार बराबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
पाण्डेयको ढुङ्गा माटोले बनेको,टिनले छाएको २ तले २ कोठे कच्ची घरमा विद्युतको तार सट भइ आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, चाँदी, खाद्यान्न, लत्ताकपडा,सोलार पाता, मोबाइल लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरी जनाएको छ । मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको तथा सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।














