डडेल्धुरा- डडेल्धुरामा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । संघको यही भदौ २५ गते हुने चुनावका लागि सदस्यता नविकरणको समय सकिएसंगै चुनावी सरगर्मी बढेको हो । साउन ३१ गतेसम्म नविकरणको समय निर्धारण गरिएको थियो ।
संघको अध्यक्षका लागि अहिलेका उपाध्यक्ष दिजराज भट्ट र अघिल्लोपटक अध्यक्षमा पराजित भोजराज भट्ट आकाङ्क्षी देखिएका छन् । द्धिजराज भट्ट ०७५ चैतमा संघमा प्रथम उपाध्यक्ष निर्विरोध चयन भएका थिए भने अर्का आकाङ्क्षी भोजराज भट्ट लोकराज भट्टसंग अध्यक्षमा १० मतले पराजित भएका थिए ।
संघका प्रथम उपाध्यक्ष द्धिजराज भट्टका अनुसार संघमा एक हजार सात सय बढी सदस्य रहेकोमा निर्धारित समयमा एक हजार २ सय ८४ जनाले नविकरण गराएका छन् । उनीहरुले मात्रै मताधिकार पाउने छन् । संघको आज (शनिबार) चुनावी साधारण सभा चलिरहेको छ ।























