धनगढी- प्रगतिशील लेखक संघ नेपाल कैलालीको आयोजनामा नयाँ प्रतिभा खोजका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । संघको आयोजनामा आज कैलाली बुहुमुखी क्याम्पसमा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तीस जना स्रष्टाले आ–आफ्ना कविता, गीत, गजल, मुक्तकलगायतका रचना प्रस्तुत गरेका थिए । गोविन्द शाह, गोपाल बुढा, गोविन्द बुढा, बसन्ती साउद, किरण विश्वकर्मा, प्रकाश खत्री , लभदेव धामी,हिरा मगर, पवन सुनार,बिनोद सी र विजय उपाध्यायले रचना वाचन गरेका थिए ।

त्यस्तै भुवन मिश्र, नवीन सापकोटा , देवकी ढुंगाना,सरिता बिष्ट ,कल्पना तिमिल्सिना, हेमन्त जोशी, विनोद अधिकारी , सरस्वती भट्टराई, अवि प्यारे, धर्म तिमिल्सिना,हर्क जोशी, सुनिल राज जोशी, पदमराज जोशी लगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । प्रगतिशील लेखक संघ कैलालीका संयोजक ओमप्रकाश पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य तिलकबहादुर सिंहको प्रमुख अतिथि रहेका थिए । अतिथिको रुपमा सहभागी स्रष्टाहरुमा केशव नाथ योगी,गौरा धामी (पुर्णिामा),कोपिला शर्मा, यमराज जोशी, रमेश नागरी, सुरेश बिक लगायतले पनि रचना वाचन गरेका थिए ।

जिल्ला सदस्य दशरथ भट्टले सञ्चालन गरेको कार्यक्रममा दशरथसिंह धामीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा क्याम्पसका प्राध्यापक,स्ववियु सभापति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले क्याम्पसमा अध्ययनरत स्रष्टालाई हौसला र उर्जा प्रदान गरेको प्रतिक्रिया दिएका थिए ।













