धनगढी – चलचित्र जातीय भेदभाव भाग–२ निर्माण हुने भएको छ । सुदूरपश्चिममा व्याप्त छुवाछूतलगायतका बिषयबस्तु आधारित जनचेतनामूलक चलचित्र निर्माण हुन लागेको हो ।
चलचित्रमा जातीय विभेद,रोजगारीका लागि विदेशियका नागरिक तथा फोहरमैलाले गर्ने असर लगायतका विषय उठान गरिएको कलाकार अमृत थापाले जानकारी दिए ।उनले भने,–‘सुदूरपश्चिममा जातीय विभेद अझै व्याप्त छ । अन्तरजातीय प्रेमका कारण अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ । पढेका कुरा किताबमात्रै सीमित हुन थाले । व्यवहारमा लागु हुँदैनन् । त्यसैले यो संस्कार मानवहितका लागि छैन् भन्ने सन्देश चलचित्र मार्फत दिन खोजिएको छ ।’
चलचित्र सुदूरपश्चिमका विभिन्न ठाउँमा छायांकन गरिने तथा यही जेठ २६ गतेबाट असार ८ गतेसम्म छायांकन गरिने उनले बताए ।
‘करिब आठ लाख लगानीमा चलचित्र निर्माण हुने अनुमान गरेका छौँ ।’ उनले भने ‘छायांकनका लागि रकम अभाव छ । कसैले सहयोग गर्न चाहे सहयोगका लागि अपील पनि गर्न चाहान्छ ।’ चलचित्रको निर्देशन सञ्जीभ खड्काले गर्ने उनले बताए ।














