धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका भित्रका विद्यालय एक हप्ता बन्द हुने भएका छन् । केही दिन यता निरन्तर बढीरहेको गर्मीका कारण विद्यालय बन्द गरिएका हुन् ।
उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै यही जेठ १८ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ‘हाल बढ्दो अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै यही जेठ १८ गतेदेखि २४ गतेसम्म उपमहानगर क्षेत्रका सबै सामुदायिक,संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द हुने छन् ।’
ब
र्खे विदामा कट्टा गर्ने गरि विद्यालय बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । गर्मीका कारण यहाँको जनजीवन समेत प्रभावित हुँदै गएको छ ।
























