धनगढी– कैलाली उद्योग वाणिज्य संघलाई बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको छ । अवलोकन भ्रमणका क्रममा बुटवल पुगेको कैलाली उद्योग वाणिज्य सङ्घको टोलीलाई सोमबार
बुटवल उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको हो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वलप्रसाद कसजुले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरसहित अन्य पधाधिकारीलाई स्वागत गरे ।
स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजुले कैलाली उद्योग वाणिज्य संघलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए । सोही अवसरमा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले बुटवल उद्योग वाणिज्य संघलाई सुदूरपश्चिममा घुम्न आउन निम्तो दिएका छन् ।
उनले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आएर अवलोकन गर्न समेत आग्रह गरे । अध्यक्ष कुँवरको नेतृत्वमा कैलाली उद्योग वाणिज्य सङ्घको ११ सदस्यीय टोली आइतबार एक हप्ताको लागि देशका विभित्र जिल्लाको अवलोकन भ्रमणमा निस्केको छ ।













