• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ९. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सहज रुपमा सेवा उपलब्ध गराइ उत्कृष्ट एवम् दिगो सहकारी स्थापित गर्ने लक्ष्य

  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित

२०५६ बैशाख २१ गते स्थापना भएको उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका ११ वटा शाखा छन् । केन्द्रीय कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा छ । जसको शेयर सदस्य २४ हजार ६०६ रहेका छन् । कैलालीमा दुई तथा डडेल्धुरा र बैतडीमा एक÷एक तथा कञ्चनपुरमा केन्द्रीय कार्यालयसहित सातवटा शाखाबाट सेवा दिइरहेको छ । संस्थाको अवस्थाका बारेमा शाखा कार्यालय धनगढीका प्रमुख मानबहादुर चन्दको विचारलाई निशाना न्यूजले प्रस्तुत गरेको छ ।
संस्थाको अवस्था भन्नु पर्दा राम्रै रहेको छ । संस्थाको शेयर पूँजी २० करोड रुपैयाँभन्दा बढी छ । आर्थिक क्षेत्रको अवस्था कमजोर भएकोले भविष्यमा केही समस्या हुन्छ की भन्ने छ । नत्र भने त्यस्तो केही छैन । समस्यालाई मध्यनजर गर्दै वित्तीय साक्षरताका कुरा पनि बढाउँदै लगेका छौँ । बचत गर्न सिकाउने, कर्जाको सदुपयोग, कसरी गर्ने, रेमिट्यान्सका कुरा छन्, वित्तीय ज्ञान दिँदै आएका छौँ । हामीसँग बालबालिका बचत खाता पनि छ । हाम्रो संस्थाको हकमा नकारात्मक असर परेको छैन ।
हामीले भरपर्दो सेवा दिँदै आएका छौँ । सदस्यमा विश्वास पैदा हुने काम गरेका छौँ भने सबै सेयर सदस्यसँग दैनिक सम्पर्कमा हुने गरेका छौँ । सेयर सदस्यबाट सुझाव संकलन गरी सोहीअनुसार पोलिसी बनाउँछु । सदस्यलाई जटिल समस्या छ भने संस्थाले सहयोग गर्दै आएको छ । कोरोना कालमा केही समस्या थियो, अहिले छैन । हामीले दिने संस्थागत सेवा, कर्मचारीको व्यवहारबाट प्रभावित भएर सेयर सदस्य थपिन्ने क्रम जारी छ । यो शाखामा मात्र दुई हजार बढी सदस्यहरु रहेका छन् । हामीसँग संरक्षित पूँजी फिर्ता कोष छ, जसबाट सेयर सदस्यले लाभांश लिएका हुन्छन् भने सिधै पैसा खातामा जाने प्रविधियुतm सेवा विस्तार गरिएको छ । संस्थाले सेयर सदस्यको सहजताका लागि मोबाइल बैंकिङ, एटिएम, क्यूआरजस्ता प्रविधिमैत्री सेवा विस्तार गरेको छ । कृषि, व्यापार, घर निर्माण, शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाको बिउ प्रशोधन केन्द्र, कष्टम हायरिङ्ग, राइस मिल कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित १९ नम्बर वडाको बागफाँटा क्षेत्रमा एक बिघा जमिनमा सबै संरचना निर्माण गरेको छ । कष्टम हायरिङ्ग सेवामार्फत् कृषकका खेत जोत्ने, बिउ छर्कने कामलाई प्राथमिकता दिएको छ भने कृषक सेयर सदस्यबाट बजार भाउभन्दा बढीमा धान गहुँ खरीद गर्छाँै र संस्थाले ग्रेडिङ्ग गरेर सो को बीउ कृषकलाई दिने गरेका छौँ । उत्पादन भएका धान गहँु कृषकबाट खरीद गरी संस्थाले आफनै राइसमिलमा चामल तयार गर्छ । यसबाट कृषकलाई फाइदा नै हुन्छ । गत महिना हामीले दुईथरिको उदय देव चामल बजारमा ल्याएका छौँ । २५ केजी चामलको एउटालाई १३२५ रुपैयाँ निर्धारण गरेको छ भने अर्कोलाई १३७५ रुपैयाँ निर्धारण गरेको छ । हामीले सेयर सदस्यलाई इन्करेज गर्न र उनीहरुलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य संस्थाको रहदै आएको छ । किसान भनेको संस्थाको सेयर सदस्य पनि हो उत्पादन हामीसंग बिक्री गर्नाले सदस्यको आम्दानी बढ्छ । हामीसंग कारोबार गर्नाले उनीहरुलाई बोनस पनि आउने गर्छ ।
हामीले तराइ र पहाडलाई कृषिमा जोडने तयारीमा जुटेका छौँ । यहाँको पूँजी पहाड जाने र पहाडको उत्पादन तराइमा ल्याउने संस्थाको उद्देश्य रहेको छ । कृषकलाई मलखाद, बीउबीजन अपुग हुन नदिन संस्थाले घरमै पुगाउने व्यवस्था गरेको छ । सदस्यको स्वास्थ्य सुविधालाई मध्यनजर गर्दै सुत्केरी महिलाको लागि एक हजार पोषण भत्ता को सुविधा छ भने सदस्यको मृत्यु भएमा १० हजार काजकिरीयाका लागि दिने व्यवस्था छ । महिला सदस्यको श्रीमानको मृत्यु भए ५ हजार र गम्भीर प्रकृतिको रोग लागेको छ भने २० हजारसम्म संस्थाले उपचार खर्च दिने व्यवस्था गरेको छ । महिलाको पाठेघर रोग छ भने ५ हजार, गाइ गोठ व्यापारमा आगजनी भए २ हजार ५ सय सहयोगको व्यवस्था छ । ज्येष्ठ नागरिकका लागि आँखा जाँचको व्यवस्था छ । हामीले सामाजिक उत्तरदायीत्व कामलाई प्राथामिकतामा राखेका छौँ । सदस्यको ज्ञान सीप, क्षमता विकासका लागि तालिम सञ्चालन गर्दै आएका छौँ । संस्थाको वित्तीय तथा गैरवित्तीय सेवाहरुलाई सुरक्षित पारदर्शी, प्रतिस्पर्धी बनाइ नविन प्रविधि प्रयोग गरी सहज रुपमा सेवा उपलब्ध गराइ उत्कृष्ट एवम् दिगो सहकारी स्थापित गर्ने संस्थाको लक्ष्य छ । राज्यको नीति सहकारी सुहाउँदो नभएकाले अलि समस्या रहेको छ । हामीले संस्थालाई समस्या आउन नदिन सबै शाखामा ३ सदस्यीय उपसमिति गठन गरेका छाँै । समितिको मासिक, त्रैमासिक बैठक बसि शाखाहरुको गतिविधि, समस्याका बारेमा मुल समितिलाई जानकारी गराउने गरिएको छ ।

  • सहज रुपमा सेवा उपलब्ध गराइ उत्कृष्ट एवम् दिगो सहकारी स्थापित गर्ने लक्ष्य
बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.