धनगढी– नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र काँग्रेस महासमिति सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाबीच भेटबार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेटबार्ता भएको भेटका क्रममा राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम, विकास योजना, बजेट बारेमा जानकारी गरार । त्यस्तै प्रधानमन्त्री देउवा समक्ष आफूहरुले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउँदै संघीय सरकारबाट उक्त क्षेत्रमा थप सहयोगका लागि अनुरोध गरेका थिए ।
प्रधानमन्त्री देउवा र राज्यमन्त्री रैकाबीच आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनैतिक घटना क्रमका बारेमासमेत छलफल भएको थियोे ।













