धनगढी- लायन्स क्लव धनगढी समृद्धिका पूर्व अध्यक्ष एवम समाजसेवी कमला भट्टराईले दिवंगत बुवाको सम्झनामा बैतडी समाजलाई आर्थिक सहयोग गरेकी छन् ।
बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनले दिवंगत बुवा ईश्वरीप्रसाद उपाध्यायको सम्झनामा समाजलाई पाँच हजार आर्थिक सहयोग गरेकी हुन् । सोही अवसरमा उनले रक्तदानसमेत गरेकी छन् ।













