धनगढी- कञ्चनपुरमा एक घरमा आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ । सोमबार जिल्लाको बेदकोट नगरपालिका–१ रडाहा बस्ने कलावती पालको टायलले छाएको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
घरको माथिल्लो तलामा बिजुलीको तार सर्ट हुन गइ आगलागी हुँदा घर, घर भित्र रहेका अन्नपात, भुसा, काठ लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जानएको छ । आगलागीबाट मानवीय र चौपाया क्षती नभएको तथ आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको जनाइएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।














