धनगढी- कैलालीमा आगलागी हुँदा ४ लाख ६१ हजार ६६० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सोमबार जिल्लाको गोदावरी नगरपालिका–१०, खमौरा स्थित कर्णबहादुर मल्लको कच्ची घरको भुसा, पराल राखेको गोठमा आगलागी हुँदा गोठ भित्र रहेका प्लाष्टिकको खाली क्रेट, डिजलका खाली ड्रम, काठ, भुसा, पराल लगायतका
सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मानवीय तथा चौपाया क्षती भने नभएको जनाइएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा
लिईएको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













