धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानागरमा २०५३ सालमा स्थापना भएको एकीकृत सामुदायिक विकास केन्द्रले यस वर्षदेखि रेडियोग्राफीको ३ वर्षे कक्षा सञ्चालन गरिरहेको छ । विगतदेखि नै विभिन्न क्षेत्रका प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको केन्द्रले हाल सञ्चालन गर्दै आएको रेडियोग्राफी कक्षालगायतका विषयमा केन्द्रका प्रमुख नरबहादुर बुडाको विचार निशाना न्युजले प्रस्तुत गरेको छ ।
एकीकृत सामुदायिक विकास केन्द्र आजभन्दा २८ वर्ष अगाडि २०५३ सालमा भएको हो । केन्द्रले विगतमा १८ महिने अनमी,सिएमए, ल्याव असिस्टेन्ट, सिभिल ओभरसियर,इलेक्ट्रिकल सव ओभरसियर, कृषि जेटिए कक्षा सञ्चालन गर्दै देशमा दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउँदै आएको थियो । यहाँबाट करिब २ हजार प्राविधिक जनशक्ति उत्पादन भइसकेका छन् ।
हाल सिटिइभीटीबाट सम्बन्धन लिइ रेडियोग्राफी(एक्सरे,सीटी स्क्यान,युसिजी,एमआरआई) को ३ वर्षे कक्षा सञ्चालन गर्दै आएको छ । अहिले रेडियोग्राफी जनशक्ती एकदमै कम छ । तीन वर्षे यो कार्यक्रम अध्ययन गरे लगतै सरकारी (पालिका,जिल्ला,प्रदेश,केन्द्र अस्पताल) र नीजी अस्पतालमा रोजगारी पाउनुका साथै अरुलाई पनि स्वरोजगारको अवसर प्रदान गर्ने यसको मुख्य विशेषता हो । विदेशमा गएर पनि यो सीपको प्रयोग गर्न सकिन्छ । सीप सिक्नु नै मुख्य कुरा हो ।
यो शिक्षा स्वरोजगार बनाउँछ,आफ्नै एक्सरे पसल खोल्न सकिन्छ,नेपाल सरकारले लिने लोकसेवाबाट स्थायी जागिर खान सकिन्छ,विभिन्न अस्पतालहरुमा रेडियोग्राफीको रुपमा काम गर्न सकिन्छ,एसइईमा समावेश भइ पास भएका विद्यार्थीले उक्त शिक्षा हासिल गर्न पाउँछन् । रेडियोग्राफी अध्ययन गरेका बिधार्थीले बिश्वका जुनसुकै स्थानमा कामपाउन सक्छन ।
सुदूरपश्चिम प्रदेशमा रेडियोग्राफी अध्यापन गराइने यो मात्रै एक गैह्रसरकारी संस्था हो । यहाँ अन्यत्रभन्दा सस्तोमा हामीले अध्यापन गराउने गरेका छौँ । यहाँ तीन वर्षे रेडियोग्राफीको कोर्षका लागि तीन लाख पचहत्तर हजार मात्रै लाग्छ । हाम्रोमा तीस जनाको कोटा हो । जसमध्ये तीन जनाले छात्रवृतिमा अध्ययन गर्न आउँछन् वढीमा २७ जना हामीले भर्ना गर्छौ ।
आफ्नै भवन तथा प्रसस्त मात्रा सैद्धान्तिक कक्षा तथा प्रयोगात्मक कक्षाको व्यवस्था रहेको छ । सेवा केन्द्र करिब दुई विघाहा क्षेत्रफलमा सञ्चालित भएको हुँदा प्रसस्त खेलमैदान समेत रहेको छ । प्रयोगात्मक कक्षामा प्रसस्त मात्रामा आवश्यकता अनुसार सामाग्रीको व्यवस्था रहेको छ ।














