आयोडिनको अवस्था र प्रभावकारिताका बिषयमा साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड धनगढीका प्रमुख वासुदेव उपाध्यायको विचार समेटेका छौँ ।
साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड धनगढीले सुदूरपश्चिमकका ९ जिल्लामा आयोडिन नुनको ढुवानी गर्ने गरेको छ । सुदूरपश्चिमका ४ जिल्ला अछाम बझाङ्ग,बाजुरा र दार्चुलामा नेपाल सरकारले दिएको ढुवानी अनुदानमा भानु नुन प्रति पाकेट ९ का दरले पु¥याउने गरेको छ । बाँकी जिल्लामा भानु बाहेक अन्य साल्ट ट्रेडिङ्गले पुर्याउँदै आएको छ ।
आयोडिन नुनको मुल्य बढेको छ । २६ रुपैयाँमा उपभोक्ता कहाँ पुग्ने गरेको छ । नुनमा त्यस्तो समस्या छैन, कोटा सकियो भने अलि समस्या हुने गरे पनि थपकोटा मगाएर अहिले उपभोक्तालाई क्रमशः पुर्याउँदै गरेका छौँ । कुनै पहाडी जिल्लामा पशुलाई ढिक्केनुन दिँदै गरेको भन्ने सुनिन्छ । मानिसले भने ढिक्के नुनको उपयोग गर्न छोडी सकेको छ ।
पशुचौपायालाई हामीले आयोडिन नुनको प्रयोग गर्न सुझाव दिँदै आएको भएपनि परम्परा देखि चलेको रितले र बानी परिवर्तन गर्न नसक्नाले कुनै जिल्लामा यो समस्या पैदा भएको छ । सबैको सहयोग र जनचेतनाका कारण ढिक्के नुनको प्रयोग हुन बन्द भएको छ । आयोडिन प्रयोग नहुनाले बिगतमा दुई खालको समस्या हुने गरेको थियो । एउटा मानसिक र अर्काे शारीरिक समस्या थियो । मानसिक समस्या भनेको आमाको गर्भमै हुँदा,आमाले आयोडिन नुनको प्रयोग नगर्नाले असर बच्चामा पर्ने गरेको थियो ।
बच्चा सुस्त मनस्थितिको हुने,शारीरिक र मानसिक रुपमा पूर्ण विकसित नहुनु ।
अर्को भनेको गलगाड आउने जस्ता समस्या हुने गरेको थियो । विकास क्रमसँगै नेपाल सरकारले साल्ट ट्रेडिङ्ग मार्फत नेपाल भर आयोडिन नुनको प्रयोग अनिवार्य गराउनुका साथै सचेतनाका कार्यक्रममार्फत यसको उपयोगिता प्रयोग,विधीको बारेमा अधिराज्यको कुना कुनामा नेपाली जनतालाई बुझाउन सफल भयो । जस्का कारण गलगाड निर्मुल भयो भने होचो पुड्को हुने चक्र पनि अन्त भए जस्तै छ । असर निकै कम भएको छ भने नेपाल साउथ एशियाकै आयोडिन नुनको प्रयोग गर्ने पहिलो देश भएको छ ।























