• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

को थिए किसान नेता भीमदत्त पन्त ?

  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित

जीवनका धेरै कुराहरु अनिश्चित छन्, तर मृत्यु निश्चित छ । मृत्युको कारण जीवनको महत्व भएको हो । यसअर्थमा मृत्यु स्वभाविक हो, यसलाई टार्न सकिदैन । मान्छेले जीवनमा गरेका कर्मका कारण मृत्युपछि पनि सम्झिरहने कारण बन्छ । त्यसैले मान्छे कति लामो आयु बाँच्यो भन्नु भन्दा उसले बाँचुञ्जेल कस्तो कर्म गर्यो भन्ने कुराले खास अर्थ राख्दछ । आफ्नो जीवनभर किसानहरुको अधिकार,हक हितका लागि संघर्ष गरेका भीमदत्त पन्तलाई साउन १७ गते बार्षिक तिथिमा प्रत्येक बर्ष सम्झनु महत्वपूर्ण हुन्छ ।

को थिए भीम दत्त पन्त ? :
डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीमदत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत बिषयमा हाईस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीमदत्त पन्त नै थिए ।

कसरी आन्दोलनको शुरुवात गरे ?
अन्याय, सामाजिक भेदभाव, सहन नसक्ने भीमदत्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाई भीमदत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाई दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाई भीमदत्तले कारबाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस् भन्ने पनि चलन थियो ।

गरीब, दलित, जनजाती, किसानहरुलाई संगठित गरि राणा विरोधी आन्दोलनमा समेत भीमदत्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन, भनी राणासित मिलेर बनाएको सरकारको विरोध गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्तले दलित, मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह दुई जना सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।
भान्सामा दलितहरुलाई सहभागी गराउन थाले । किसानहरुलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुक बनाउने, श्रमशोषण गर्ने ठालुहरुलाई कारबाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस व्यवहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीमदत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे । काँग्रेससित वैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारबाही पनि गरेका थिए । उनले भन्ने गर्थे, म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय, अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति विरोध गर्ने र कारबाही गर्नेमा मात्र सीमित थिएन् । गरीबहरु संगठित हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।

कस्तो दुःख भोगे भीमदत्तले ?
क्रान्तिमा लागेकाले भीमदत्त घरको काममा समय दिन सक्दैनथे । गाउँका ठालुहरु सबै विरोधी थिए । घरको जिम्मेवारी धर्मपत्नी पार्वती पन्तकै हुन्थ्यो । नावालक दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यस पश्चात पनि घरको प्रवाह नगरी क्रान्तिमै लागि रहे ।
दुबै छोराको मृत्युपछि पार्वती पन्तको आग्रहमा महता क्षेत्रीको छोरीसित अर्को विवाह गरे । कान्छी श्रीमतिबाट छोरी जन्मिइन । उनको पनि ७÷८ वर्षकै उमेर हुँदा मृत्यु भयो । छोरीको मृत्युपछि कान्छी श्रीमतीले अर्को विवाह गरिन् । भीमदत्तका विरोधी र पारिवारिक समस्या बढ्दै गए तर क्रान्तिबाट बिचलित भएनन् । उनले गरीबको पक्षमा बोलेको र दलितको घरमा खाएको कसैलाई पनि मन परेको थिएन् । यहीबेला अन्याय बिरुद्ध संगठित भई लड्ने उद्घोषका साथ २००९ बैशाख २ गते डडेल्धुराको घटालथानमा भेला बोलाए । गाउँका ठूला ठालुहरुलाई अनिवार्य उपस्थित हुन उर्दि जारी गरे । सबैलाई जय दासको हातको पानी खान लगाए ।

भीमदत्तले गरेको आन्दोलन :
गरीबहरुलाई संगठित गर्न भीमदत्त गाउँ भ्रमण गर्न जान्थे । सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लाहरुमा भ्रमण गर्दा गरीबहरुले नुन समेत खान नपाएको थाहा पाएर नुन आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रहमदेवमा भएको गाोदामबाट गरीबहरुलाई नुन, कपडा, वितरण गरे । यस घटनाका दिन गरीबहरुको ठूलो जनमासले भीमदत्तको स्वागत गरी भीमदत्त पन्त जिन्दावाद भनी नाराबाजी गरे ।

त्यहीबेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पुर्याइयो । भागेर ज्यान बचाइ कञ्चनपुर आए । धर्मसिंह डिट्ठालाई बोरीमा बाँधेर महाकालीमा फाले । जोगराज सुबेदारलाई बोरीमा बाँधेर फाल्न लाग्दा उनको श्रीमतीले बाटोमा गएर बचाइन । काली गोरी महिला बेचेको कर उठाएर खाने जयदेव सुब्बालाई पनि बोरीमा बाँधेर महाकालीमा फाल्ने योजना थियो । गाउँलेहरुले थाहा पाएर बिहान महिलाको पहिरनमा पानी लिन गएको बहाना गरी महाकाली पारी पठाएकाले ज्यान जोगियो ।

त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो बुवालाई तपाइ पनि सामन्त हो भनी घरमा भएका तमसुकहरु च्याते । बिष्टहरुको घरमा भएका तमसुकहरु संकलन गरी बोरीमा हालेर जलाइदिए । मालअड्डामा भएका मूठहरु जलाइ दिए । त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफु बडाहाकिम भइ बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए ।

‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरे । बेलौरीमा बैंक कब्जा गरि त्यहाँबाट लिएको पैसा सेनालाई तलव दिएर बाँकी रहेको मध्ये कमैया र हलियाहरुलाई सहयोग गरे । ‘उठ जागरे, नेपाली नवजवान जागरे । नेपालमा तम म, नेपाल देशलाई स्वतन्त्र बनाँउरे’ भन्ने उहाँको देशभक्ति गीत (प्राथना) थियो । ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो , गरीबका दिन आया ठालुको काल आयो’ उहाँको चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि, भीमदत्त देशलाई स्वतन्त्र बनाउने,गरीबहरुलाई ठालुहरुको कब्जाबाट मुक्त गराउने अभियानता थिए ।

कसरी भयो भीमदत्तमाथि दमन ? :
भीमदत्तले गरीबको पक्षमा गरेको काम नै गाउँका ठालुहरुलाई मन परेको थिएन । त्यसमाथि दलितहरुको घरमा खाना खाने, तमसुक जलाउने, बेदखली गर्नेलाई कारवाही गर्ने व्यवहारले उनका विरोधी बढ्दै गएका थिए । सरकारी अड्डाले उनको बिषयमा झुट्टा रिपोर्ट सरकारलाई पठाउँथे भने ठालुहरु गाउँमै षडयन्त्र गरिरहेका हुन्थे । उनीहरुले भीमदत्तलाई मार्न चन्दा उठाएर सेनाको श्रीनाथ गणलाई पैसा समेत दिए । सरकारले भीमदत्तलाई पटक पटक जेल हाल्यो । त्यसबाट पनि भीमदत्त बिचलित नभएपछि मार्ने षडयन्त्र गरि भारतीय सेना समेत बोलायो । भीमदत्त बेलौरी कब्जा गरि धनगढी कब्जा गर्ने तयारी साथ हिडिरहेका बेला भारतीय सेनाले घेरामा पार्यो ।

चारैतिर भारतीय सेनाले घेरेको र पानी परी हिलो भएकाले भाग्न र प्रतिकार गर्न कठिनाई थियो । त्यस अवस्थामा पनि भीमदत्त त्यहाँबाट बच्न सफल भई केही सेनाका साथ निगाली, सहजपुर हुँदै बुडर पगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सेना मारिए । २०१० साल साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लागेका बेला गोली हानियो । मलाई पक्राउ गर । गोली नहान भन्दा मानेनन । गोली लागी छटपटाईरहेका बेला भीम दियालले उनको टाउको काटि दिए । टाउको लगेर बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाइयो । काटेको टाउको बाँसको टुप्पोमा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।

काजक्रियाका लागि पार्वती पन्त टाउको माग्न जाँदा दिइएन । गाउँमा काजक्रिया गर्न बाहुन पाइएन । क्रिया पनि गर्न दिइएन । पानीको नाउलो छुट्याइयो । गौरा अलग गरियो । उनको परिवारलाई मेलापर्व, मन्दिर, पानीपधेँरोबाट बञ्चित गरियो । गाउँमा क्रिया गर्न समेत नपाइने भएपछि ४० तोलाको कल्ली, २२ रुपयाँ तोला सुन, घरमा भएका भाँडाकुँडा बेचेर पार्वती पन्त, भीमदत्तका भाइ सिद्धराज पन्त र यदुनाथ पन्तले हरिद्वार गइ काजक्रिया गरे ।

किसान नेता भीमदत्तको सपना साकार पार्न सबै जुटौ :
किसान आन्दोलनको नेतृत्व गरि सबै दलका आदर्श बनेका भीमदत्त लामो समयपछि शहीद घोषणा हुनु भएको छ । २०७२ फागुनमा सरकारले भीमदत्त सहित किसान बिद्रोहका २२ नेताहरुलाई शहीद घोषणा गरेको छ । नेताहरु सडकमा हुँदा गरीबलाई सम्झिने र सिंहदरबार गइसकेपछि ठूलाबडाकै पक्षमा जाने संस्कार भएकै कारणले भीमदत्तलाई पनि बिर्सेका हुन सक्छन ? अर्कोतिर दलहरुमा आदर्श भन्दा सत्ता साँटगाँठलाई महत्व दिने प्रबृति बढेको र किसानलाई उपेक्षा गर्दै आएकाले पनि भीमदत्तले सम्मान पाएनन भन्न सकिन्छ । यसो भन्दा भीमदत्तलाई शहिद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिदैन ।

सच्चा सम्मान गरेको तब मानिने छ, जव उनले उठाएको मुद्दा सम्बोधन हुनेछ । भूमिहीन, सुकुम्बासी, बाढीपिडित, मुक्त हलिया, मुक्तकमैया, कम्लरी, आरक्षपीडित, अव्यवस्थित बसोबासी र किसानले जग्गा तथा कृषिको पूर्ण अधिकार पाउनेछन । पिछडिएका जाती, समुदायले न्याय पाउनेछन । किसान, गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्तलाई सम्मान गर्नु हो । अधिकार प्राप्तीको अभियान रोकिएको ,सकिएको छैन, अभियान सकिने बिषय पनि होइन, यो निरन्तर छ । त्यसैले भूमि तथा कृषि सुधार र अधिकार प्राप्तीको लडाइमा संगठित अगुवा, कार्यकर्ता, अभियानकर्मी सबैले किसान नेता भिमदत्त पन्तले देखाउनुभएको बाटोको अनुसरण गर्नुपर्ने र सबैले समाजमा रहेको अन्यायपूर्ण र शोषणमुखी संरचनामा फेरबदल ल्याई न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि जुट्नुपर्ने आवश्यकता छ ।

(लेखक चुनारा भूमिअधिकारकर्मी एवं राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल, सुदूरपश्चिम प्रदेश सचिव हुन् )

बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.