धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख मियाँलाई राजीनामा पत्र बुझाएका हुन् ।
यसअघि प्रदेश सभा बैठकलाई सम्बोधन गर्दे मुख्यमन्त्री सोडारीले राजीनामा घोषणा गरेका थिए। मुख्यमन्त्री सोडारीले प्रदेश सभामा सम्बोधन गर्दै आफूले विश्वासको मत नपाउने अवस्था देखिएको भन्दै अर्को सरकार गठनका लागि मार्ग प्रसस्त गरेको घोषणा गरेका थिए ।
गत असार २० गते सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।













