धनगढी- कैलालीका थारू समुदायले शुक्रबार गुरही पर्व मनाएका छन् । गुरही पर्व मुल आयोजक समितिको आयोजना धनगढीको गुरही चोकमा गुरही अस्रैना कार्यक्रम गरिएको हो । युवतीहरूले फालेको गुडीयालाई युवाहरूले कोर्रा हानी गुरही मनाइएको थियो ।
गुडियालाई गाईने किराको प्रतीक मानी कोर्रा। हिर्काउदा रोगब्याधी टाढा भाग्ने विश्वास थारू समुदायमा रहेको बातचित घरका संयोजक थारू करियाप्रधानले बताए ।
पर्वको अवसरमा गुरही चोकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रम साँझ ७ बजेसम्म चल्ने सखी सञ्जलकी अध्यक्ष उन्नती चौधरीले बताइन् । गुरही चौकमा यसरी मनाइयो गुरही पर्व । तस्बिरमा हेर्नुहोस् ।



























