डोटी- डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईका अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाडमा बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको डिएसपी भट्टराईले बताए । बस सडकबाट करिब ३५ मिटर तल खसेको जनाइएको छ ।














