• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

होटल व्यवसायबाट मनग्य आम्दानी

  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित

कञ्चनपुर- ‘कोशिसस गर्नेहरुको हार कहिल्यै हुदैन’ भन्ने भनाइ शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका २८ वर्षीय रमेशबहादुर रावलको जीवनमा चरितार्थ हुन्छ ।अठार वर्षको उमेरमै होटल व्यवसाय सञ्चालन गरेका रावल मिहिनेती व्यवसायीका रुपमा परिचित छन् । विहान छ बजे देखि साँझ नौ बजे सम्मको समय रावलको होटलमै ग्राहकको सेवा सत्कारमा वित्ने गरेको छ ।

उनले होटल व्यवसाय सञ्चालन गरी दैनिक ३० हजार बढीको कारोवार गर्दै आएका छन् । होटलमा कार्यरत कामदारको ज्याला, आवश्यक खाद्य सामग्री लगायतको खर्च कटाएर पाँच हजार देखि सात हजार सम्म रावलले दैनिक आम्दानी गर्दै आएका छन । नम्र स्वभावका रावलको होटेलमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी, यातायात क्षेत्रमा काम गर्ने व्यक्ति ग्राहकका रुपमा रहने गर्दछन । “महिनामा २० देखि २५ लाख सम्मको होटलबाट कारोवार हुने गरेको छ” उनले भने, “त्यसबाट दुई लाख जति महिनाको आम्दानी हुन्छ ।”

होटेलको कमाईबाटै रावलले घर खर्च संगै औषधोपचार, लुगाफाटो, खाद्यान्न लगायतको व्यवस्था मिलाउदै आएका छन । होटेल व्यवसायको शुरुवात रमेशका बुवा धन बहादुरले विसं २०६५ साल देखि शुरु गरेका हुन । १० हजार लगानी गरी खोलिएको होटलमा रावलले हाल २५ लाख लगानी गरेका छन ।

“चिनजानका व्यक्तिहरुबाट ऋणका रुपमा र सापटी रकम लिएर बुवाले होटलको शुरुवात गरेका हुन” उनले भने, “थोरै लगानी हुदा ग्राहक शुरुमा कमै मात्रै आउथे, आम्दानी पनि थोरै थियो, घर खर्च चलाउनै मुश्किल थियो, शहरीकरण बढदै गएपछि होटेलमा खाना खान र नास्ता गर्नका लागि ग्राहक थपिदै जादा आम्दानी बढयो ।”

“बुवाले पुरानै तरिकाले होटल सञ्चालन गर्दा थोरै ग्राहक आउने भएकाले समय अनुसार होटललाई नयाँ व्यवस्थापन गरी लैजानु पर्छ भन्ने सोच पलायो त्यही अनुरुप होटल सञ्चालन गरेपछि ग्राहकले खाना र नास्ता रुचाउन थाले, त्यस पछि आम्दानी पनि बढदै गएको छ” उनले भने । होटलमा गरिएको लगानी आम्दानी भएको रकमबाट थप्दै अगाडी बढाउदै लग्दै आएको उनी बताउँछन् । अरुलाई होटल व्यवसाय गरी सहज जीवनयापन गरेको देख्दै आएपछि यसै पेशाप्रतिको लगाव बढदै आएको उनी बताउँछन् ।

स्थानीयवासी हेमराज पाण्डेयले अन्य होटेलको तुलनामा सफा सुग्घर र सस्तो रुपमा खानाका परिकार पाईने भएकाले खाना खानका लागि रावलले सञ्चालन गरेको होटेललाई रोजेको बताए । “ग्राहक पुग्दा मुस्कुराउने, नम्र स्वभावमा कुरा गर्ने होटल सञ्चालकको बानीले लोभ्यायो” उनले भने, “खानाका परिकार घरमा बनाईने जस्तै मौलिक पाईने भएकाले यहाँ पुग्छु ।”

होटल व्यवसायसंगै रावलले स्नातक व्यवस्थापन संकाय अन्र्तगतको शिक्षा पनि हासिल गरेका छन । होटलकै कमाईबाटै झलारी बजारमै ५० लाख बढी पर्ने एक कठ्ठा जग्गा खरिद गरी त्यसमा १० कोठे पक्कि घर निर्माण गरेका छन । होटल व्यवसायसंगै रावल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर लाग्ने गरेका छन । दिन दु स्खिलाई उनले आर्थिक सहयोग गर्दै आएका छन् ।

कञ्चनपुर होटल व्यवसायी संघका उनी कार्यसमिति सदस्य छन् । शुक्लाफाटाँ उद्योग बाणिज्य संघका सदस्य रहेका छन । “प्लस टु पास गरेपछि युवाहरु विदेशीने लहर चलेको छ” उनले भने, “कमाई गर्नकै लागि विदेश जानुनै पर्दैन, लगनशिल भएर कार्य गरे विदेशको भन्दा बढी कमाई स्वदेशमै गर्न सकिन्छ । त्यसका लागि धैर्यता चाहिन्छ, ग्राहको विश्वास जित्न सक्नु पर्छ, इमान्दारीतापूर्वक जुनसुकै कार्य गरेपनि महिनामा गतिलो कमाई गर्न सकिन्छ” उनी भन्छन् । रावलको जस्तै पूर्व पश्चिम राजमार्ग क्षेत्रको झलारीमा होटल व्यवसाय सञ्चालन गरेका अन्य व्यवसायीको पनि आम्दानी मनग्यनै रहेको छ । रासस

  • होटल व्यवसाय
शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.