• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

होटल व्यवसायबाट मनग्य आम्दानी

  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित

कञ्चनपुर- ‘कोशिसस गर्नेहरुको हार कहिल्यै हुदैन’ भन्ने भनाइ शुक्लाफाँटा नगरपालिका १० झलारीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका २८ वर्षीय रमेशबहादुर रावलको जीवनमा चरितार्थ हुन्छ ।अठार वर्षको उमेरमै होटल व्यवसाय सञ्चालन गरेका रावल मिहिनेती व्यवसायीका रुपमा परिचित छन् । विहान छ बजे देखि साँझ नौ बजे सम्मको समय रावलको होटलमै ग्राहकको सेवा सत्कारमा वित्ने गरेको छ ।

उनले होटल व्यवसाय सञ्चालन गरी दैनिक ३० हजार बढीको कारोवार गर्दै आएका छन् । होटलमा कार्यरत कामदारको ज्याला, आवश्यक खाद्य सामग्री लगायतको खर्च कटाएर पाँच हजार देखि सात हजार सम्म रावलले दैनिक आम्दानी गर्दै आएका छन । नम्र स्वभावका रावलको होटेलमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर, कर्मचारी, यातायात क्षेत्रमा काम गर्ने व्यक्ति ग्राहकका रुपमा रहने गर्दछन । “महिनामा २० देखि २५ लाख सम्मको होटलबाट कारोवार हुने गरेको छ” उनले भने, “त्यसबाट दुई लाख जति महिनाको आम्दानी हुन्छ ।”

होटेलको कमाईबाटै रावलले घर खर्च संगै औषधोपचार, लुगाफाटो, खाद्यान्न लगायतको व्यवस्था मिलाउदै आएका छन । होटेल व्यवसायको शुरुवात रमेशका बुवा धन बहादुरले विसं २०६५ साल देखि शुरु गरेका हुन । १० हजार लगानी गरी खोलिएको होटलमा रावलले हाल २५ लाख लगानी गरेका छन ।

“चिनजानका व्यक्तिहरुबाट ऋणका रुपमा र सापटी रकम लिएर बुवाले होटलको शुरुवात गरेका हुन” उनले भने, “थोरै लगानी हुदा ग्राहक शुरुमा कमै मात्रै आउथे, आम्दानी पनि थोरै थियो, घर खर्च चलाउनै मुश्किल थियो, शहरीकरण बढदै गएपछि होटेलमा खाना खान र नास्ता गर्नका लागि ग्राहक थपिदै जादा आम्दानी बढयो ।”

“बुवाले पुरानै तरिकाले होटल सञ्चालन गर्दा थोरै ग्राहक आउने भएकाले समय अनुसार होटललाई नयाँ व्यवस्थापन गरी लैजानु पर्छ भन्ने सोच पलायो त्यही अनुरुप होटल सञ्चालन गरेपछि ग्राहकले खाना र नास्ता रुचाउन थाले, त्यस पछि आम्दानी पनि बढदै गएको छ” उनले भने । होटलमा गरिएको लगानी आम्दानी भएको रकमबाट थप्दै अगाडी बढाउदै लग्दै आएको उनी बताउँछन् । अरुलाई होटल व्यवसाय गरी सहज जीवनयापन गरेको देख्दै आएपछि यसै पेशाप्रतिको लगाव बढदै आएको उनी बताउँछन् ।

स्थानीयवासी हेमराज पाण्डेयले अन्य होटेलको तुलनामा सफा सुग्घर र सस्तो रुपमा खानाका परिकार पाईने भएकाले खाना खानका लागि रावलले सञ्चालन गरेको होटेललाई रोजेको बताए । “ग्राहक पुग्दा मुस्कुराउने, नम्र स्वभावमा कुरा गर्ने होटल सञ्चालकको बानीले लोभ्यायो” उनले भने, “खानाका परिकार घरमा बनाईने जस्तै मौलिक पाईने भएकाले यहाँ पुग्छु ।”

होटल व्यवसायसंगै रावलले स्नातक व्यवस्थापन संकाय अन्र्तगतको शिक्षा पनि हासिल गरेका छन । होटलकै कमाईबाटै झलारी बजारमै ५० लाख बढी पर्ने एक कठ्ठा जग्गा खरिद गरी त्यसमा १० कोठे पक्कि घर निर्माण गरेका छन । होटल व्यवसायसंगै रावल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय भएर लाग्ने गरेका छन । दिन दु स्खिलाई उनले आर्थिक सहयोग गर्दै आएका छन् ।

कञ्चनपुर होटल व्यवसायी संघका उनी कार्यसमिति सदस्य छन् । शुक्लाफाटाँ उद्योग बाणिज्य संघका सदस्य रहेका छन । “प्लस टु पास गरेपछि युवाहरु विदेशीने लहर चलेको छ” उनले भने, “कमाई गर्नकै लागि विदेश जानुनै पर्दैन, लगनशिल भएर कार्य गरे विदेशको भन्दा बढी कमाई स्वदेशमै गर्न सकिन्छ । त्यसका लागि धैर्यता चाहिन्छ, ग्राहको विश्वास जित्न सक्नु पर्छ, इमान्दारीतापूर्वक जुनसुकै कार्य गरेपनि महिनामा गतिलो कमाई गर्न सकिन्छ” उनी भन्छन् । रावलको जस्तै पूर्व पश्चिम राजमार्ग क्षेत्रको झलारीमा होटल व्यवसाय सञ्चालन गरेका अन्य व्यवसायीको पनि आम्दानी मनग्यनै रहेको छ । रासस

  • होटल व्यवसाय
शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.