कञ्चनपुर । कंञ्चनपुर को वेलौरी ४ मा रहेको एनआइसी एसिया लघुवित्त तोडफोड गरी कागजजात लगेपछि प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
आज प्रहरीले उनीहरुलाई पक्राउ गरि आवश्यक छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएस्पी उमेश जोशीले निशाना न्युजलाइृ जानकारी दिए ।
तोडफोड गरी कागजात किन लग्यो भन्ने कुरा जानकारी आएको छैन उनले भने पहिला श्रmण लगेको र अहिले मिनाह गराउन त्यस्तो हर्कत गरेको हुन सक्छ । प्रहरीले आवश्यक छानविन गरिरहेको उनले वताए ।














