धनगढी । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । शुक्रवार रातीकोे समयमा कैलालीको गोदावरी १ बनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथवाट नगद रु २१,८८०। र ३ गड्डी तास सहित पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।













