• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

पचपन्न वर्षदेखि सुदूरमा देउडा खेलाउँदै रामदत्त जोशी

  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित

कञ्चनपुर- देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन् । पचहत्तर वर्षीय जोशीको जोश युवा अवस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मिएका उनी देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने देउडा कार्यक्रममा पुग्ने गरेका छन् ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा कार्यक्रम आयोजना गरिएको थियो । ती सबै ठाउँमा देउडा खेलाउन पुग्छन् जोशी । बैतडीका देउडा कार्यक्रममा सहभागी भएर उनी देउडा खेल्नका लागि ग्वाल्लेकबाट महेन्द्रनगर पुगे । देउडा खेलाउन माहिरजोशी सम्भव भएसम्म सुदूरका सबै बस्तीमा पुग्ने गर्छन् । छब्बिस वर्षको उमेरदेखि देउडा खेल्न सुरु गरेका जोशी सुदूरपश्चिमका नौवटै जिल्ला पुगेर देउडा खेलाउने गर्छन् ।

“१४/१५ वर्षको उमेरमा गोठालो जाँदा गीत गाउँथे देउडा खेलाउन थालेको २६ वर्षको उमेरदेखि हो”, जोशीले भने, “मैले सुदूरमा देउडा खेलाउन थालेको ५५ वर्ष भइसक्यो ।” देउडा खेल्दा छुट्टै आनन्द प्राप्त हुने जोशीको भनाइ छ । “मान्छे बूढो भए पनि मन बूढो हुँदैन”, गीतकार जोशीले भने, “१६ वर्षको उमेरदेखि देउडामा रमाउन थालेँ, आनन्द लाग्छ सबैसँग भेट हुन्छ । उनले देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको बताए।

देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्ने भएकाले आफूलाई यसैमा आनन्द लाग्ने गरेको जोशीले बताए । “देउडा भनेको मनोरञ्जनका लागि गाउने गीत हो”, उनले भने, “आफू दुःखमा भए पनि देउडा नजिक पुग्यो भने आनन्द मिल्छ ।” देउडा मनोरञ्जन मात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत जान्न सकिने उनको भनाइ छ ।

देउडामा श्रीकृष्ण लीला, रामलीला वा गाउँको कथालाई गीतका माध्यमबाट गाउने गरेको जोशीले उल्लेख गरे । “गीतमार्फत सवालजवाफ हुँदा पुराना कुराहरु जान्ने अवसर मिल्छ । साथै मनोरञ्जन हुने, हाम्रो पुर्खा र देवीदेवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।” देउडामा गीतकारले देवीदेवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा गीतमार्फत सवालजवाफ हुने उनको भनाइ छ ।

सुदूरपश्चिममा रामदत्त जोशी भन्नेबित्तिकै युवादेखि पाका पुस्तासम्म आकर्षित हुने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । “उहाँको संस्कृतिप्रतिको अथाह प्रेम छ”, देउडिया (गीतकार) रमेश पन्तले भने, “उहाँले सुदूरपश्चिमभरि देउडा खेलाइसक्नुभएका जोशी ७५ वर्षको उमेरमा पनि युवा अवस्थाको जस्तै उत्साहित देखिनुहुन्छ ।”

गीतकारलाई तत्कालै प्रतिउत्तर दिन सब्ने क्षमता भएका जोशीले विशेषगरी संस्कृति र इतिहाससँग सम्बन्धित विषयवस्तुलाई देउडाका माध्यमबाट उठाउने गरेका पन्तले बताए ।

देउडामा विम्ब र अलङ्कार सिर्जना गर्नसक्ने र तुरुन्तै प्रतिउत्तर दिनसक्ने देउडीकाका रुपमा जोशी सुदूरपश्चिममा चिनिने साहित्यकार कविराज भट्टले बताए । “जोशी व्यङ्ग्यमा पनि पोख्त छन् र मनोरञ्जन दिनसक्ने अदभूत क्षमता छ”, उनले भने, “उहाँमा पौराणीय कुराको ज्ञान पनि धेरै छ ।”

आफूले सानै उमेरमा बैतडीको देहिमाण्डौँ मेलामा जोशीलाई देउडा खेलाउन देखेको भट्टले सम्झे । “तीस वर्षअघि जुन जोशका साथ देउडा खेलाउँथे अहिले पनि उस्तै छ”, उनले भने, “उतिबेला पनि रामदत्त जोशीकै देउडा हेर्न भनेर गाउँगाउँबाट मान्छे देहिमाण्डौँ पुग्थे ।” जोशीसँग सुदूरको संस्कृति र इतिहासको ज्ञान रहेकाले नयाँ पुस्ताले पनि उनीबाट धेरै कुरा सिक्नुपर्नेमा उनले जोड दिए ।

देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलोघेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालका आधारमा डेड पाइला अगाडि र डेढपाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् । देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ ।

देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ । यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ । देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गरेको छ ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुरुष, युवा पाका सबै पुस्ताले खेल्न पाउँछन् । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ । रासस

  • रामदत्त जोशी
आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.