काठमाडौँ । दार्चुलामा जन्मिएकी देउडा गायिका दीपा रोकाया गायनमा सक्रिय रही डोटेली भाषाको प्रवर्धन गरिरहेकी छन् । सङ्गीतप्रतिको मोहले घरसल्लाहबिना घरबाट भागेकी गायिका रोकायाले पहिलो पटक गोरख थापाको शब्दमा गीत गाउने अवसर पाइन् ।
गायक भुवनप्रकाश बडूसँग ‘देनतरो आइगयो कुरमुरे उज्यारो भइगो’ गाएकी छन् । त्यो गीत जब एफएम रेडियोमा बज्न थालेपछि मात्र परिवारले छोरी गायिका बनेको थाहा पाएका थिए ।
त्यसपछि इराकमा १२ जना नेपाली मारिएको विषयमा केन्द्रित रहेर गायिका रोकायाले लोकभाका गीत गाएकी छन् । उनका ‘सम्झना छाडिगए’, ‘हैन र भिनाजु’, ‘मेरा प्यारो डडेलधुरा’, ‘साली भेना’ चर्चामा छन् । लेकाली चोयाको डोको, बारुली कम्मर भाँच्मला छमछम नाचौँला, देउरानी जेठानीलगायत तिज गीतमा पनि गायिका रोकायाले स्वर दिएकी छन् ।













