श्रमिकका क्षेत्रमा क्रियाशील नेपाल ट्रेड युनियन कांग्रेसले हालसम्म के के काम ग¥यो,कस्ता काममा जोड दिइरहेको छ,श्रमिकका क्षेत्रमा के कस्ता काम गर्दै आएको छ भन्नेलगायत विषयमा उक्त संगठनका कैलाली जिल्ला अध्यक्ष सुरतबहादुर स्वाँरको कुराकानीमा अधारित विचार निशाना न्युजले प्रस्तुत गरेको छ ।
आनौपपचारिक क्षेत्रमा काम गर्ने श्रमिक अहिलेसम्म सामाजिक सुरक्षामा पञ्जिकृत नभएको अवस्था छ । राज्यले ४० हजार श्रमिकलाई सामाजिक सुरक्षामा जोड्छौँ भनिरहेको अवस्था छ । स्थानीय तहमा श्रमिकहरुलाई सामाजिक सुरक्षामा जोड्नु प¥यो भनेर ट्रेड युनियन कांग्रेसले भनिरहेको छ । सरकारले तोकेको न्युनतम पारिश्रमिक १७ हजार ३ सय छ । त्यसलाई आधार मानेर त्यसको ६० प्रतिशत ज्यालालाई गणना गरेर आधारभूत कम्तीमा ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ भनेर हामीहरुको माग छ । त्यसमा राज्यले २० प्रतिशत योगदान गरिदिनु प¥यो बाँकी ११ प्रतिशत श्रमिकका तर्फबाट योगदान गरेर राज्यको सामाजिक सुरक्षा कोषमा जोडिदिनु प¥यो भन्ने हाम्रो माग हो ।
सामाजिक सुरक्षा कोषले औषधी उपचार,दुर्घटना तथा अशक्त सुरक्षा योजना,आश्रित रोजगारको सुरक्षा योजना बृद्धावस्थाको सुरक्षा योजना गरोस् भन्ने हाम्रो माग हो । अहिलेसम्म पञ्जिकृत भएको छैन् । पञ्जिकृत गर्ने आधार पनि हामीले दिएका छौँ । श्रम सल्लाहकार समितिको बारेमा पनि संसदमा पास नभएर त्यसै थन्किएको अवस्था छ । त्यसलाई छिटोभन्दा छिटो बनाएर जान हाम्रो माग हो । सल्लाहकार समितिमा सबै श्रमिकको छाता संगठन संयुक्त ट्रेड युनियन,सरकारका प्रतिनिधी,सामाजिक सुरक्षाको कोषको प्रतिनिधि भएर श्रममा आइपर्ने समस्या चुनौति,वेरोजगारीको समस्यालाई कसरी समाधान गर्ने भनेर अगाडि जान सकिन्छ । यसलाई छिटो गराइदिन प¥यो भन्ने हाम्रो माग छ ।
ट्रेड युनियन कांग्रेस कैलाली सदैव श्रमिकको पक्षमा छ । हामीले रोजगारदाता र श्रमिकको बीचमा समन्वयकारी भूमिका पनि खेलिरहेका छौँ । यहाँका थुप्रै अस्पतालहरुमा काम गर्ने सयौँ श्रमिकलाई न्युनतम पारिश्रमिक नदिएर काम लगाइएको अवस्था छ । उनीहरुलाई पञ्जिकृत गराइएको छैन् । कमसेकम श्रम गराउने संस्थाले १० प्रतिशत योगदान गरिदिनु पर्छ भन्ने हाम्रो माग छ ।
राज्यले यो क्षेत्रमा थुप्रै लगानी गरेको भएपनि हामीले श्रमिकसम्म पुगेको भेटाएका छैनौँ । सरकारले सीपमूलक तालिममा करोडौँ पैसा खर्च गरेको हुन्छ । केही महिना अगाडि धनगढीमा भएको श्रमाधान रोजगार मेलामा थुप्रै सीप सिकेकाहरुको कागज पत्र आएको छ । उनीहरुलाई रोजगार दिने भनेको थियो । खै अहिलेसम्म भएको छैन् । सीप सिकेका थुप्रै युवा विदेश पलायन भइरहेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कैलालीले शिक्षाको क्षेत्रमा मुक्त कमैया शिविरहरुमा जापानको श्रमिक संगठनको सहयोगमा २०५२ सालबाट एउटा विद्यालय चलाएको छ । जसमा मुक्त कमैया,दलित वर्गका छोराछोरी ५० जनालाई निुशल्क शिक्षा दिइरहेका छौँ ।
हाल त्यो विद्यालय मनेहराको मुक्त कमैया शिविरमा सञ्चालनमा छ । त्यो अनौपचारिक शिक्षा हो । त्यसमा हामीले ३ वर्षसम्म पढाएर त्यसपछि सरकारी विद्यालयमा भर्ना गर्ने गरेका छौँ । सीप सिकेर नेपालमै युवाहरुले केही गर्न सक्ने गरि सोही संस्थाले हामीलाई सीपमूलक कार्यक्रम दिएको छ । सन् २०२० देखि सञ्चालनमा छ । हामीले यसमा सन् २०२० मा ४० जना किसानलाई १५ दिन बेमौसमी तरकारी खेती तालिम दिएका थियौँ ।
सन् २०२१ मा हाउस वायरिङ र वंगुरपालन तालिम सञ्चालन ग¥यौँ । सन् २०२२ मा मुक्त कमैया शिविरका महिलालाई तीन महिने सिलाईकटाई तालिम दिएर मेसिनसम्म उपलब्ध गरायौँ । अहिले उनीहरु आफ्नो घरमा सिलाईकटाई गरेर स्वरोजगार भएका छन् । अव हामी लगतै थारु समुदायमा युवालाई स्वरोजगार बनाउन कपाल काट्ने तालिम दिने तयारीमा छौँ । धनगढी–१७ का २० जना किसानलाई बेमौसमी तरकारी खेती तालिम दिइरहेका छौँ । हामीले विदेश जाने युवालाई स्वदेशमै आत्मनिर्भर भएर काम गर्नका लागि विभिन्न कार्यक्रम गरिरहेका छौँ ।
सरकारलाई हामीले युवालाई स्वरोजगार बनाउने काममा सहयोगका लागि अपील गर्दा अहिलेसम्म संघ,प्रदेश सरकार कहीँबाट पनि सहयोग प्राप्त भएको छैन् । स्थानीय सरकारलाई पनि आग्रह गरिरहेका छौँ ।
यो नेपाली कांग्रेस निकट संस्थाको हो । नेपाली कांग्रेस जनताको साथमा रहँदै आएको पार्टी हो । नेपाल ट्रेड युनियन कांग्रेसले प्रत्येक श्रमिकको हकहितको लागि काम गरिरहेको छ । २०४८ सालबाट यातायात र अनौपचारिक क्षेत्रका ८/१० जनाबाट सुरु गरेको यो संस्थाका यहाँ करिब ९ हजार साधारण सदस्य छन् । भर्खरै विधान संशोधन गरेर स्थानीय स्तरसम्म कार्यसमिति बनेको छ । हामीले यसलाई विस्तार गर्दै लगेका छौँ । श्रमिकको सम्बन्धमा थुप्रै जनचेतनामुलक कार्यक्रम गरिरहेका छौँ । बाल श्रमिक,मुक्त कमैया शिविरमा बस्नेहरुको रोजगारीको अवस्थाको पनि तथ्यांक लिने काम जारी राखेका छौँ ।













