• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

पहिले राष्ट्रिय माविको अवस्था नाजुक भनेर बहस हुन्थ्यो,अहिले राम्रो भनेर बहस हुन्छ : अध्यक्ष हमाल

  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

पछिल्लो समय राष्ट्रिय माध्यमिक विद्यालय,सुखड कैलालीमा शैक्षिक अवस्था सुधार हुँदै गएको बताइन्छ । सुधारका विभिन्न प्रयास पनि हुँदै आएका छन् । विद्यालयको पछिल्लो अवस्था,भएको सुधार,आगामी योजना लगायतका बिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रबहादुर हमालसँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

तपाई विव्यस अध्यक्ष भएर आइसकेपछि विद्यालयमा के-के सुधार ल्याउनुभयो ?

म अध्यक्ष भएर आएको करिब ७/८ महिना मात्रै भएको छ । विद्यालयमा भएका बेथितिलाई अन्त्य गर्नका लागि विद्यालयमै जानुपर्छ भनेर म अध्यक्ष भएर आएको हुँ । यहाँ बिगतमा धेरै बेथिति थिए । यस अघिका अध्यक्षले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ । तथापी बिगत ५/६ वर्ष यता विद्यालय दयनीय अवस्थामा थियो । म विव्यस अध्यक्ष भएर आएपछि थुप्रै काम भएका छन् ।

थुप्रै सुधार भएका छन् भन्नुभयो । के-के गर्नुभयो ?

हाम्रो यस विद्यालयमा २०७५ सालमा फरक क्षमता भएका बालबालिकालाई पढाउनका लागि प्रदेशकै नमुना विशेष आवाशिय विद्यालय निर्माणका लागि एक सय करोडको योजना आएको थियो । त्यो कार्यान्वय हुन सकेको छैन् । खोलाको किनारमा डिपीआर गरेर ४७ लाख मात्रै खेर गयो ।
म अध्यक्ष भएर आए लगतै पूर्वीबजार खाली गराएर विशेष आवाशिय विद्यालय बनाउनका लागि ८ कठ्ठा जग्गा खाली गर्न लगाए । अदालतमा मुद्धा पर्यो । अदालतबाट स्टे अर्डर ल्याइयो । लामो समयदेखि विद्यालयको त्यो जग्गामा निजी क्षेत्रबाट व्यापारिक र आवाशिय रुपमा प्रयोग भएको रहेछ । उहाँहरुले अझै भाडा तिर्न बाँकी छ । हामीले खाली गरेको ८ कठ्ठा जग्गामा अगाडि पट्टी बजारीकरण गर्ने र पछाडि पट्टी विशेष आवाशिय विद्यालय भवन,क्यान्टिन,प्रशासनिक भवन लगायत बनाउने योजना छ । हामीले यो योजना बनाएर टेन्डर प्रकृयामा छ । केही हप्तामै नगरपालिकाले टेन्डर खोल्दै छ । विद्यालयको नाममा पूर्वी बजारमा रहेको १ विगाहा १२ कठ्ठा जग्गाका व्यवस्थापन हुन बाँकी छ । त्यहाँ व्यापारिक आवाशियरुपमा बसेका छन् । वर्षातको समय भएकाले अहिले मानवीयताका हिसावले पनि राम्रो नहुने भएकाले हामीले हटाएका छैनौँ । तिहार लगतै पूर्वी बजार व्यवस्थापन गर्ने योजनामा छौँ ।
अख्तियारले एक करोड ३२ लाख भाडा उठाउन निर्देशन दिएको छ । हामीले त्यसको जानकारी सम्प्रेषण गरिसकेका छौँ । १५ दिन भित्र विद्यालयको खातामा पैंसा जम्मा गर्ने भनेर अन्यथा कानुन बमोजिम हुने भनेर जानकारी गराइ सकेका छौँ । विद्यालयको एक विगाहा १२ कठ्ठा जग्गामा व्यापारिक बहुआयामिक कम्प्लेक्स बनाउने विद्यालयको योजना छ । त्यस योजनामा यहाँ सबै राजनीतिक दल,नगरपालिका,वडाले सहयोग गरे सफल हुने कुरा हो । जहाँसम्म हामी यो योजना अगाडि बढाउँछौँ ।

विद्यालयको शैक्षिक अवस्था कस्तो छ ?

विद्यालयमा म अध्यक्ष भएर आएपछि शैक्षिक अवस्था पनि सुधार ल्याउने प्रयास गरिएको छ । बिगतमा भन्दा अहिले पढाइमा पनि सुधार आएको छ । शिक्षकहरुले नियमितरुपमा कक्षामा अध्यापन गर्ने गर्नुभएको छ । नियमित सरसफाइदेखि खाजा सबै कुरामा ध्यान दिइएको छ । हामीले शिक्षक,विद्यार्थी,कर्मचारीको नियमन गर्नका लागि सफ्टवेयर प्रणाली लागु गर्दैछौँ । सफ्टवेर प्रणालीमा आइडीबाट बाहिर गेटमा स्क्यान गरेर भित्र आउने हुन्छ । जसमा विद्यालयमा कति शिक्षक,विद्यार्थी उपस्थित भए जानकारी प्राप्त हुन्छ भने अभिभाकको मोवाइलमा बालबालिका विद्यालय पुगेको जानकारी प्राप्त हुन्छ ।

विद्यालयलाई पूर्ण प्रविधिमैत्री बनाउन यो प्रणाली लागू गर्न खोजीरहेका छौँ । प्रकृयामा जान सम्भौता भइसकेको छ । केही दिनमा यो काम पनि अगाडि बढ्छ । विद्यालयमा हुने गतिविधि नियमनका विद्यालयमा सीसीटिभी पनि जडान गरेका छौँ । कक्षा १ देखि ४ सम्म पूर्ण अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरिरहेका छौँ । विस्तारै १० कक्षासम्म पूर्ण अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्दै लैजाने योजना छ । विज्ञान प्रयोगशाला पनि छ । खानेपानी व्यवस्थापन भएको छ । कम्प्युटर ल्याव छैन् । त्यसका लागि दातृ निकायसँग समन्वय गरिरहेका छौँ । यस अघि नगरपालिकामा हुने हरेक बहसमा यस विद्यालयको शैक्षिक अवस्था नाजुक छ भनेर हुन्थ्यो । अहिले यस विद्यालयमा पढाइ राम्रो छ । व्यवस्थापन राम्रो छ भनेर बहस हुने गरेको छ ।

यस विद्यालयमा विद्यार्थीको आकर्षण कस्तो छ ?

विद्यार्थीको आकर्षण बढेको छ । अहिले १५ देखि १६ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यमको पढाइले पनि विद्यार्थीको आकर्षण बढेको छ । अर्को वर्ष अझै विद्यार्थी बढ्ने सम्भावना देखिएको छ । अंग्रेजी माध्यम भएका कक्षाका विद्यार्थीले थोरै शुल्क तिर्नु पर्ने अवस्था छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई हामीले निःशुल्क पढाउने गरेका छौँ । पैसा नभएर कोही पनि विद्यार्थी यस विद्यालयमा पढ्नबाट बञ्चित हुँदैनन् ।

हामीले छात्रवृतिको मापदण्ड बनाएका छौँ । छुट्टै समिति बनाएका छौँ । त्यसभित्र पर्ने त परिहाले नपरेका कसैले मेरो आर्थिक अवस्था कमजोर छ भनेर आए उसको सबै पारिवारिक अवस्थाको अध्ययन गरेर निशुल्क पढाउने व्यवस्था गर्छौँ ।

सरकारी विद्यालयको शैक्षिकस्तर खस्कदो छ भनेर भन्ने गरिन्छ नि ? तपाईको विद्यालयमा कस्तो छ ?

हामीसँग ४५/४६ जना शिक्षक हुनुहुन्छ । सबै दक्ष,तालिम प्राप्त हुनुहुन्छ । तर निजी विद्यालयका तुलना सरकारी विद्यालयका विद्यार्थी किन कमजोर हुन्छन् यही कुरा म पनि केलाई रहेको छु । यस बिषयमा शिक्षकहरुसँग छलफल बहस हुने गरेको छ । पहिले विद्यालयमा आउने तलव पकाएर हिड्ने परिपाटी थियो । त्यो अहिले हामीले अन्त्य गरेका छौँ । शिक्षकले आफ्नो भित्री इच्छाशक्तिका साथ पढाउने हो भने विद्यार्थी कमजोर हुँदैनन् । यहाँ केही समय पहिला त्यस्तो थियो । अहिले त्यस्तो छैन् । क्रमिक सुधार हुँदै गएको छ ।

तपाई माओवादी केन्द्रको घोडाघोडी नगर कमिटीको अध्यक्ष पनि हुनुहुन्छ । नगपालिकाले ल्याएको शिक्षा ऐनको बारेमा यहाँको धारणा के छ ?

नगरपालिकाले ल्याएको शिक्षा ऐन अहिलेको जल्दोबल्दो बिषय छ । नेपालमा धेरै पुरानो शिक्षा ऐनले काम गरिरहेको छ । नयाँ ऐन संसदमा विचाराधिन छ । नगरपलिकाले यसै बीचमा छुट्टै ऐन कार्यविधि बनाएको छ । त्यसमा विव्यसको अधिकार खोसेर आफ्नो हातमा लिइएको छ । ऐन बाझिने काम भएको छ । विव्यस गठन,प्रधानाध्यापक,करार शिक्षक नियुक्तीका विषयमा व्यापकरुपमा नगरपालिका भरी विरोध भइरहेको छ । विद्यालयको पठन पाठनमा अवरोध भएको छ । कतिपय विद्यालयमा ताला लगाइएको अवस्था छ । सबै अधिकार आफै लिन खोजिएको छ । ऐनको बिषयमा नगरपालिकाले राम्रो काम गर्छ भने हाम्रो पार्टीले अवरोध गर्दैन भनेका थियौँ ।

प्रअ नियुक्तीको बिषयमा पनि ककसले कहाँ दरखास्त दिने भनेर पहिले नै निक्यौल गरेर गरियो । नगरपालिकाको प्रवक्ताले नै कांग्रेस निकटका १७ जना प्रअ नियुक्त गर्यौँ भनेर सार्वजनिकरुपमा भनेर हिडिरहेको सुनिएको छ । यो बिषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी निकटलाई प्रअ बनाउँदै जाँदा शिक्षाको अवस्था कहाँ पुग्ला ? हाम्रो भनाइ विव्यसका अधिकार विव्यसलाई दिनु पर्छ र विव्यसलाई अझ कार्यकारी बनाउनु पर्छ भन्ने हो । हामीले त पहिले दरबन्दी मिलान गरौँ,त्यसपछि प्रअ छनोट गरौँ भनेका हौँ । पहिले प्रअ छनोट गर्दा अहिले दरबन्दी मिलानमा समस्या हुँदै गएको छ ।

आगामी योजना के छन् ?

हामीले अभिभावक भेला बोलाएर शैक्षिक सुधारका लागि अन्तरक्रिया गर्दै आएका छौँ । अझ बढी यसलाई हामी प्राथमिकतामा राखेर अगाडि बढ्छौँ । प्रावि तहका शिक्षकहरुले तालिमको माग गर्नुभएको छ । त्यसका लागि हामीले तालिमको व्यवस्था गर्छौँ । राम्रो शैक्षिक अवस्था भएका विद्यालयमा अध्ययन भ्रमण गएर त्यहाँ के के कुरा कसरी सुधार भएर हामीले ती कुरालाई आफ्नो विद्यालयमा कसरी सुधार गर्न सक्छौँ । त्यता पट्टी हाम्रो ध्यान हुने छ ।

 

 

  • अध्यक्ष हमाल
मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.