• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

सीमाबाट हुने गैह्रकानुनी कार्य रोक्न कडाइ गरेका छौँ :एसपी पाण्डेय

  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित

पछिल्लो समय नाकामा हुने चोरी तस्करी नियन्त्रण ,सीमानाको निगरानी ,सुरक्षा, चुनौती लगायत बिषयमा सशस्त्र प्रहरी बल नेपाल ३४ नम्वर गण कैलालीका एसपी दलबहादुर पाण्डेयसँग निशाना न्युजका लागि टंक कुँवरले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

जिल्लामा चोरी तस्करी नियन्त्रण कसरी गरिरहनु भएको छ ?
चोरी तस्करी निकासी पैठारी सीमाबाटै हुने र सशस्त्र प्रहरी बल सीमा खटिएको गर्दाखेरी हाम्रो जिम्मेवारीमा पर्छ । अन्य सरकारी संघसंस्था पनि त्यसमा काम गरिरहनु भएको छ । हाम्रो सीमामा तैनाथ हुने जनशक्ति सीमाबाट हुने तस्करी,निकासी पैठारी नियन्त्रण गर्न रात दिन खटिएको अवस्था छ ।

म यहाँ आइसकेपछि सीमाबाट हुने गैह्रकानुनी कार्य र चोरी निकासी पैठारी नियन्त्रण गर्न एकदमै कडाइ गरेको छु । त्यो अनुसार अहिले बरामदी पनि बढेको छ । अघिल्ला वर्षको तुलनामा बरामदी बढेको छ । चोरी तस्करीलाई जीरोमै पु¥याएका छौँ त भन्न सकिन्न । सीमामा तैनाथ भएको जनशक्तिलाई आर्थिक प्रलोभनमा नपर्न र सरकार तथा संगठनको नीति अनुसार चल्न निर्देशन पनि दिएका छौँ । त्यसमा दायाँ बायाँ गरेमा वा संकास्पद लागेमा कारबाही गर्ने पनि गरिएको छ ।

सेटिङमा हुने तस्करी पूर्णरुपमा निस्तेज भएको मेरो बुझाइ छ । मातहतका कमाण्डरबाट त्यही किसिमको रिपोटिङ हुने गरेको छ । घरायसी सामान बरामद गरियो भनेर जनताबाट गुनासो पनि आउने गरेको छ । खुला सीमाना र प्रविधिको कमीले गर्दा केही अप्ठ्योरो पनि छ ।

सीमा समस्याका कुरा पनि छन्, ती नाकाहरुमा कसरी निगरानी गरिरहनुभएको छ ?
खासगरी सशस्त्र प्रहरी सीमा खटि सकेपछि सीमा सुरक्षा,सीमा स्तम्भको सुरक्षा गर्नु,त्यहाँबाट हुने गैह्र कानुनी काम नियन्त्रण गरिरहेका छौँ । स्थानीय,विभिन्न संघसंस्थाका प्रतिनिधिलाई बुझ्दा सशस्त्र प्रहरी सीमा बस्नुभन्दा अगाडि कतिपय त्यहाँको स्थानीयले खेती गर्ने गाइवस्तु पाल्ने हुन्थ्यो । सशस्त्र नहुँदा स्थानीयले सुरक्षा नभएको महसुस गरेको पाइन्छ । उहाँले गरेको खेती सीमा पारीबाट आएर त्यो चाही लुटेर लगेर जाने त्यसले एकदमै अप्ठ्यारो रहेछ ।

विओपी स्थापना पछि त्यो नियन्त्रण भयो । सामुहिक रुपमा लुटेर लैजाने त अहिले छैन् । चोरीका साना तिना घटना होलान । सामुहिक रुपमा पहिलेको जस्तो गर्ने त पूर्णरुपमा बन्द नै छ । त्यसमा सीमाका स्थानीय खुशी छन् । विओपी बसेपछि घरको सानोतिनो सामान सीमा पारीबाट ल्याउन नपाउँदा गुनासो गर्छन् ।

घरायसी सामान भनेर कहिले काहीँ ठूलो परिमाणमा ल्याउनु हुन्छ । त्यस्तोमा पनि हामीले रोक्नुपर्ने हुन्छ । सशस्त्र र भारतीय एसएसबीले सयुक्त गस्ति पनि गर्ने गरेका छौँ । समय समयमा बैठक र समन्वय पनि भइरहेको हुन्छ । कुनै पनि नेपालीलाई एसएसबीबाट अभद्र व्यवहार हुने वित्तिकै हामी समन्वय गर्छौ । त्यसपछि दोहरिने अवस्था एकदमै कम छ । सीमाका नागरिकले सुरक्षित महसुस गर्नु भएको छ ।
कैलालीमा धेरै सीमा विवाद,सीमा अतिक्रमण छैन् । केही साना तिना भएका विवाद सशस्त्र प्रहरी,भारतीय एसएसबी,जनप्रतिनिधी,सरोकारवाला निकायहरु बसेर स्थानीय स्तरमै समाधान गर्ने गरेका छौँ । समयसमयमा एसएसबीसँगको समन्वयमा दशगजाको सरसफाइ पनि गर्ने गरेका छौँ ।

सीमा स्तम्भको सुरक्षाका चुनौति के छन् ?
सीमा स्तम्भको सुरक्षा गर्नलाई समस्या के छ भने कैलालीको सीमाना सामान्यतया मोहना नदीले छुट्याएको अवस्था छ । त्रिनगरदेखि कर्णाली पारी श्रीलंका टापुसम्म जहाँ कैलालीको सीमाना पर्छ मोहना नदीले छुट्याएको छ । मोहनाले बेलाबेलामा धार परिवर्तन गरिरहन्छ । कहिले भारत तिर जाने कही नेपाल तिर आउने गर्छ । केही ठाउँमा मोहना पारी पनि नेपालको बस्ती छ । कतिपय ठाउँमा मोहना वारीसम्म भारत छ । मोहना बढेर आउँदा सीमा स्तम्भ पुरिने,बगाउने भइरहन्छ । यो पटक पनि हाम्रा चारवटा सीमा स्तम्भ बगाएको अवस्था छ । त्यो कोडिनेट हामीसँग छ । त्यसमा पुनः सीमा स्तम्भ स्थापना गर्ने एउटा प्रकृया छ । त्यो पकृया पु¥याएर माथि हेडक्वाटर मन्त्रालय सम्मै जानकारी गराएर स्विकृति लिएर पहिलेकै ठाउँमा सीमा स्तम्भ स्थापना गर्ने काम हुन्छ । त्यो बाहेक अरु सीमा सुरक्षामा समस्या छैन् ।

भन्सार छलीका सामान नियन्त्रणका लागि के पहल चालिरहनुभएको छ ?
जहाँ सम्भावित भन्सार छली हुने ठाउँ छन् । त्यहाँ हाम्रो टोली खटेर रोक्ने काम भइरहेको अवस्था छ । त्यसलाई पनि अनुगमन गर्न राति पनि चेकिङ गर्ने काम हुन्छ । म आफै पनि गएर निरीक्षण अनुगमन गर्ने,टोलीलाई ब्रिफिङ निर्देशन गर्ने काम गरिरहेको हुन्छु । तस्करसँगको मिलेमतो गरेर कारबाही गर्नुपर्ने अवस्था आएको छैन् । अरु अनुशासनको कारबाही भइरहेको हुन्छ ।
माथिबाटकै स्पष्ट निर्देशन छ । तस्करसँगको मिलेमतोको बारेमा शून्यसहनशीलता अपनाइ रहेका छौँ ।

दसैँलाई मध्यनजर गरेर सीमा नाकामा के योजना बनाउनुभएको छ ?
जिल्लाको समग्र सुरक्षा योजना बनिसेको छ । नेपाल प्रहरी,अन्य सुरक्षा निकायसँग मिलेर समन्वयात्मक गस्ती,रातिको चेकिङ बढाउने योजना बनाएका छौँ । सीमा नाकाको बारेमा माथिबाट बनाएर पठाउने भन्ने छ । त्यो बनाउने चरणमा छ । चाडबाडको बेला सीमा पारीबाट नेपाली आउने भएकाले त्यसका लागि हेल्पडेस्कको स्थापना गर्ने योजना छ । छ वटा हेल्पडेस्क सञ्चालनमा ल्याउने चरणमा छौँ । एसएसबीसँग नेपाल आउने नेपालीलाई सहजीकरण गरिदिन सहजीकरण समन्वय गर्ने योजना छ । साथसाथै भीडभाड हुँदा हुन सक्ने गैह्र कानुनी कार्यका लागि पनि हामी सचेत सजग छौँ ।

 

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद
लागुऔषधसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.