धनगढी । कैलाली र कञ्चनपुरवाट १० लाख बढीको भन्सार छलीका सामान प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलाली तथा कञ्चनपुर मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले सो सामान पक्राउ गरेको हो ।
कैलालीको धनगढी २ सन्तोषी टोल, १५ उर्मी, भजनी ७ हिक्मतपुर, ९ भुरुवा, टिकापुर ७ कालाकुण्डा, ९ बालुवाटार र कैलारी ५ छोट्कि पलिया र ८ पृथ्विपुरबाट रु ।६,४४,५५०।–मुल्य पर्ने सामान प्रकाउ गरेको छ ।
त्यस्तै कञ्चनपुरको बेलौरी ६ नकैया, ७ पौलाह, १० भुडा र पुनर्वास ४ कारकिलडाडाबाट रु ४,१५,७२२। मुल्य पर्ने सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
सो मुल्य बराबरको प्रहरीले प्याज, चिनी, मसला, बिडी, सुर्ती, ललिपप, माछा मार्ने जाल, जुत्ता, फ्राक, फ्राकमा लगाउने जालिदार डिजाईनको पुतली, ट्याक्टरको टायर, ब्यारिङ, ग्रिस, मोबिल फिल्टर, साईकल थान २ पेयपदार्थ, कस्मेटिक सामान, किरानाका सामान, स्वीटर, कुर्ती, ज्याकेट, पुरानो १२ ब्याट्री, सिल्भर, तामा, पितल, जस्ता सामान पक्राउ गरेको जनाएको छ ।













