धनगढी- दसैँ सुरु भएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । विभिन्न संघ संस्थाले पनि थारु सखिया नाचका कार्यक्रम आयोजना गर्न थालेका छन् ।
बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–६ स्थित बसन्त टोल विकास संस्थाले आयोजना गरेको ‘हमार थारु सखिया नाचके वडा सम्मेलन’ कार्यक्रममा वडा भित्रका विभिन्न टोलका थारु समुदायका महिलाले सखिया नाच प्रस्तुत गरेका छन् ।
गाउँबस्तीमा सखिया नाच हुन थालेपछि दसैँ आएको महसुस हुन थालेको स्थानीयले बताएका छन् । धनगढी उपमहानगरपालिका–६ बसन्त टोलका हरिकृष्ण चौधरीले पुर्खौदेखि चलि आएको सखि नाचको आफ्नो महत्व भएको बताए । उनले मादल र मजिराको तालमा सखिया नाच नाचिने बताए । उनले भने ‘सखिया नाच नाच्दा पाँच पाण्डवको बारेमा गीत गाइने गरिन्छ । खासमा साँझपख खाना खाएर भल्मन्साको घरमा सखिया नाच्ने गरिन्छ ।’
थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गरेको बताउँदै सोही टोलकी जानकी चौधरीले भनिन साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भन्ने गरिएको हाे ।
तस्बिर :


























