धनगढी- भीमदत्त राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा वर्षाले भासिएको सडक मर्मत नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । सरकारको लापरबाहीका कारण सडक भासिएको एक वर्ष बितिसक्दा पनि मर्मत नहुँदा यात्रुले सास्ती खेप्नु परेको हो ।
दैनिक हजारौँ यात्रुले उक्त सडकमा असहज यात्रा गर्नु पर्ने बाध्यता छ । सडक मर्मत नहुँदा सास्ती खेप्नु परेको यात्रुहरु बताउँछन् । गत वर्ष वर्षातको समयमा सो क्षेत्रमा धेरै जसो ठाउँमा सडक भासिएको थियो । उक्त सडकले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने गरेको छ ।
तस्बिर : टंक कुँवर




















