धनगढी- कैलालीबाट ८ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–३ मुक्ति शिविरस्थित जंगलको खुल्ला चौरबाट गोदावरी नगरपालिका–३ मालाखेतीका ४१ वर्षीय जगत सुनारसहित ८ जना पक्राउ परेका हुन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नगद ३५ हजार ७ सय ७२ र २ गड्डी ताससहित पक्राउ गरी सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।














