धनगढी- कैलालीको कैलारी गाउँपालिका–९ मा अवस्थित कोइलही ताल आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । ७२ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालमा पिक्निक खान,सुटिङ्ग गर्न आउनेको भीड समेत लाग्ने गरेको छ । दैनिक ३ सय पर्यटक तालको अवलोकन गर्न आउने गरेको स्थानीय बताउँछन ।
तस्बिर : टंक कुँवर




















