• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ५. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ८. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनसहित पुराना बाँकी १० बुँदे माग राख्ने योजना छ : बिष्ट

  •   बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित

कैलाली उद्योग वाणिज्य संघले धनगढीमा यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म ‘सुदूरपश्चिम महोत्सव आयोजना गर्दैछ । संघले विसं.२०६३ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । यो महोत्सवको १८ औँ संस्करण हो । महोत्सव नजिकिएको छ । महोत्सवको तयारीलगायतका बिषयमा संघका महासचिव ओमबहादुर बिष्टसँग निशाना न्युजले गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

महोत्सवको तयारी कस्तो छ ?
महोत्सवको तयारी तीब्र रुपमा भइरहेको छ । लगभग ८० प्रतिशत तयारी पूरा भएको छ ।

यस पटक दर्शकलाई आकर्षित गर्ने नयाँ चीज केही छन् ?
सुदूरपश्चिम महोत्सव आफैमा एउटा ब्रान्ड भइसकेको छ । यो महोत्सव एउटा पर्वको रुपमा पनि स्थापित भइसकेको कारणले पनि दर्शकहरु यो महोत्सव कहिले आउँछ भन्ने प्रतिक्षामा हुन्छन् ।

फेरि पनि हामीले प्रत्येक वर्ष केही नयाँ कुरा दिने गरेका छौँ । यद्यपि प्रतिकुल समयका बीच पनि हामीले त्यो कोसिस गरेका छौँ । दर्शकलाई सन्तुष्ट नै पार्ने काम गरेका छौँ । यो वर्ष आउटलेट पनि फरक किसिमको छ र बालउद्यानका सन्दर्भमा पनि नयाँ चिज यहाँहरुले भेटाउनु हुन्छ ।

बिगतदेखि सरकारसँग विभिन्न माग गर्दै आउनुभएको छ । यस पटक सरकारसँग यहाँहरुका माग के छन् ?
विगतमा भएको २१ बुँदे मागलाई नै निरन्तरता दिएका छौँ । पाँच वटा मागहरु पूरा भइसकेका छन् । छ वटा मागहरु सञ्चालनमा रहेका छन् । १० वटा मागहरु अझ पनि सम्बोधन हुन बाँकी छन् ।
ती दश वटा माग मध्य एउटा मागलाई हामी अलिकति परिमार्जित गरेका छौँ । एउटा इकोनोमिक जोन सेजको अवधारणा थियो । अहिले आएर प्राविधिक रुपमा हेर्दा सेज भनेको उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने भन्ने कुरा उल्लेख भएको कारणले गर्दाखेरी अन्तराष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्ने उद्योग यहाँ स्थापना गर्न नसकिने भएकाले सेजलाई हटाएका छौँ । सेजलाई हटाएर गेटामा भौतिक संरचना तयार भइसकेको फङ्सनमा नआएको जुन गेटा मेडिकल विश्वविद्यालय छ त्यसलाई यथासिघ्र सञ्चालन गर्नुपर्छ भन्ने माग थपेका छौँ ।

कार्यक्रम उद्घाटनमा सरकार प्रमुख आउनुहुन्छ ?
हाम्रो बिगतको परम्परा त्यही छ । सरकार प्रमुखलाई नै उद्घाटनका लागि निमन्त्रणा दिने गर्छौँ । यसपाली पनि प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका छौँ । उहाँ चिन भ्रमण जाने भएकाले २० गते भित्र फर्के आफै आउँछु भन्नुभएको छ । उहाँ नआउने भएपछि हामीलाई तीन चारदिन पहिले जानकारी आउँछ । त्यो आधारमा हामीले तयारी गर्छौँ ।

बिगतका दिनमा स्थानीय कलाकारले स्टेज पाएनन् भन्ने गुनासा आउने गरेका थिए । यसपटक स्थानीय कलाकारको उपस्थिति कस्तो रहन्छ ?
गुनासा सबैका छन् । नभएका होइनन् । संघले १५ दिन महोत्सव गर्ने १५ दिनमा कति कलाकारलाई स्टेज दिन सकिन्छ । निरन्तर रुपमा हामीले नयाँ कलाकारलाई स्टेज दिइरहेका छौँ । स्टेज पाएका कलाकार सन्तुष्ट भएर जान्छन्,केही बाध्यताले समय अभावले स्टेज नपाएका कलाकारका गुनासा छन् भने उहाँहरुले एकछिन मनन् गरेर हाम्रो ठाउँमा उहाँहरुलाई राखेर गुनासाहरु गरिदिएको खण्डमा हामी त्यसमा सन्तुष्ट हुन्थ्यौँ ।

स्थानीय उत्पादनलाई कत्तिको प्राथमिकता दिनुभएको छ ?
यहाँहरुको जिल्लामा घरेलु उत्पादनसँग सम्बन्धित जति पनि उद्योग छन् ती उद्योगहरुलाई सुदूरपश्चिम महोत्सवमा सहभागी गराउन लिस्ट पठाउनुस भनेर हामीले ९ वटै जिल्लामा एक महिना अगाडि नै पत्राचार गरिसकेका थियौँ ।
उद्योग वाणिज्य संघहरुबाट छनोट गर्नु अगाडि नै केही उद्योगहरु सुदूरपश्चिम प्रदेश उद्योग निर्देशनालयले आफ्नो जिम्मा लिइसक्यो र २५÷३० वटा उद्योग स्टल त्यो भित्र राख्ने उहाँले तयारी गर्नुभएको छ । त्यो बाट छुटेका स्वस्फुर्त रुपमा उद्यमीहरुले स्टल बुक गरिसकेका छन् ।

आम दर्शकलाई यहाँको सन्देश छ ?
बिषम परिस्थिति छ । सुस्त गतिमा अर्थतन्त्र चलायमान छ । व्यापार व्यवसाय छैन् । त्यसलाई चलाएमान बनाउनको लागि दर्शकहरुको सहभागिता हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धी ठानेका छौँ । प्रतिकुल परिस्थितिमा पनि हामीले कमसेकम निजी क्षेत्र,उद्योगधन्दा,कलकारखना अलिकत सञ्चालन गरेर यसलाई अर्थतन्त्रलाई चलायमान बनाउने कोशिस गरेका छौँ भन्ने दर्शाउन खोजेका छौँ ।

अन्त्यमा केही भन्नु हुन्छ ?
कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव आयोजना गर्दै समग्र सुदूरपश्चिम भित्र भएका सम्भावनालाई उजागर गर्ने जुन कोशिस गरेको थियो त्यसलाई नै निरन्तरता दिएका छौँ ।

  • बिष्ट
बिहिबार, मङि्सर १३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ५.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.